
काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । चलचित्रको बिहीबार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा एक कार्यक्रमबीच मुहूर्त गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो चलचित्रको शुभ मुहूर्तमा निर्माता नरेन्द्र महर्जनले क्ल्याप हान्नुभएको थियो, निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाउनुभएको थियो भने र वितरक करण श्रेष्ठको एक्सनसँगै सुटिङ सुरु गरिएको थियो ।
शुभमुहूर्त कार्यक्रमा चलचित्रको निर्माण टिम तथा मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो । आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको यो तलचित्रमा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेशचन्द सोडारी, प्रकाश कुँवरलगायत कलाकारको अभिनय रहनेछ ।
यो चलचचित्रबाट आठ वर्षपछि महानायक हमालको कमब्याक हुँदैछ । त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ चलचित्रमा काम गर्दै हुनुहुन्छ । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको द्वन्द्व निर्देशकमा चन्द्र पन्त हुनुहुन्छ । नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्व न्यौपानेले संयुक्त रूपमा निर्माण गर्न लागेको चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र ऋच इन्टरटेन्मेन्टले सयुक्त रूपमा वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच