
एजेन्सी । इण्डोनेसियाको राष्ट्रपतिको शपथ ग्रहणपछि संसद् बाहिरको पहिलो सम्बोधनमा प्रबोवो सुब्यान्टोले देशको विकास र विश्वले सामना गरिरहेका चुनौतीका बारेमा चर्चा गर्नुभएको छ । ‘इण्डोनेसिया स्वतन्त्र छ र अन्तर्राष्ट्रिय समुदायसँग संलग्नतामा सक्रिय छ, हामी असंलग्न छौं र हामी कुनै सैन्य सम्झौतामा सामेल हुने छैनौं’, राष्ट्रपति प्राबोवो सुब्यान्टोले भन्नुभयो, ‘हामी हरेक देशका साथी हौं ।
इण्डोनेसिया राम्रो छिमेकी बन्न चाहन्छ र हामी पुरानो भनाइमा विश्वास गर्छौं-हजारौं साथी थोरै हुन्छन्, एक शत्रु पनि धेरै हुन्छ । त्यसैले हामी हरेक देशसँग मित्रता चाहन्छौं ।’
सुब्यान्टोले भन्नुभएको छ, ‘हामी औपनिवेशिकताको विरुद्धमा छौं किनभने हामीले अनुभव गरेका छौं । जब हामी उपनिवेशवादको शिकार थियौं, हामीलाई कुकुरभन्दा तल ठानिन्थ्यो । त्यसैले हामी प्यालेस्टिनी जनताको स्वतन्त्रतालाई समर्थन गर्छौं । आज, हामीसँग रफाह र गाजामा स्वास्थ्यकर्मी छन् । हामी गाजामा थप सहायता पठाउन तयार छौं । हामी ती बालबालिकालाई लिन तयार छौं जो घाइते र स्तब्ध छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच