काठमाडौं । विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका भन्ने नाराका साथ उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधानमा संलग्न देशविदेशमा ख्यातिप्राप्त संस्था, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ मंसिर २७ देखि ३० गतेसम्म सम्मेलन आयोजना हुने भएको हो ।
नेपाल इन्टरनेसनल एडिआर सेन्टरको आयोजनामा हुने सम्मेलनमा करिब १६ देशका विज्ञहरूको सहभागिता रहने आयोजक संस्थाका महासचिव वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनमा जापान, स्विजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इण्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायतको सहभागिता रहनेछ ।
सम्मेलनमा करारसम्बन्धी विवाद, विकास निर्माणसम्बन्धी विवाद, लगानी विवाद, संयुक्त राष्ट्रसंघका मोडल कानुनसम्बन्धी व्यवस्था र मध्यस्थता एवं मेलमिलाप सम्बन्धमा न्यायपालिकाको भूमिकालगायतका विषयमा छलफल हुने बताइएको छ । आयोजकका अनुसार नेपाललाई विवाद समाधानको आकर्षक गन्तव्यका रूपमा विकास गराउने सम्मेलनको लक्ष्य रहेको छ ।
निरौलाले भन्नुभयो, ‘नेपाल मध्यस्थ अवार्ड कार्यान्वयनसम्बन्धी न्युयोर्क अभिसन्धिको पक्ष राष्ट्र हो तर त्योभन्दा उपयोगी र आकर्षक मेलमिलापसम्बन्धी सिंगापुर अभिसन्धि २०१८ को अनुमोदन गरेको छैन । सिंगापुर अभिसन्धिले मुलुकको हितमात्र गर्छ, कुनै अहित गर्ने ठाउँ छैन । तथापि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको अवस्थामा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने काम सम्मेलनमार्फत् हुनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच