चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हिमालपारिको गाउँले परिचित लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न नहुने हुँदा उत्तरी नाम्खा गाउँपालिका-६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।

कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक हुनुका साथै हिउँद यामका महिनामा राशनको समेत समस्या हुने हुँदा वर्षेनी लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताउनुभयो ।

सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा वर्षेनी स्थान्तरण गर्नुपर्ने प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।

गतवर्षको कात्तिक महिना १४ गते सिमकोट झरेपनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

नाम्खा गाउँपालिका-६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोक बहादुर खत्री केसीको नेतृत्वमा खटिदैँ आएको ११ जना सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको जानकारी प्राप्त भएको छ ।

यस्तै चीनसँग जोडिएको हिल्सा नाकामा खटिएका आएका नेपाल प्रहरी र शसस्त्र प्रहरी बल उतै रहेका छन् । झण्डै तीन वर्षदेखि शसस्त्र प्रहरीचौकीको टोली हिल्सामा सीमा सुरक्षा दिदैँ आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?