काठमाडौं । ट्रक आर्ट तथा साहित्यलाई जोडेर निर्माण गरिएको ट्याटु ट्रक अफ नेपाल वृत्तचित्र प्रस्तुत गरिएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा काठमाडौं उक्त वृत्तचित्र प्रस्तुत गरिएको हो । समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ट्रकमा गरिने आर्टलाई पनि ग्राफिक आर्ट र क्यालिग्राफी आर्टअन्तर्गत राखेर हेरिनुपर्ने बताउनुभयो । हार्तम्छालीले ट्रक कला र साहित्यलाई एउटै दृष्टिकोणबाट हेरेर मूल्यांकन गर्न नहुनेमा जोड दिनुभयो ।
वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रतिष्ठानले यस कला क्षेत्रलाई समेटेर पहिलो पटक कार्यक्रम गरेको बताउनुभयो । उहाँले यस कलाको पृथक् स्थान रहेको धारणा राख्नुभयो ।
फोटोग्राफर सुदर्शन कार्कीले यस कलालाई निरन्तरता दिने कलाकारहरू अहिले निकै कम भएको बताउँदै कलाको यस क्षेत्रलाई समेटेर कार्यक्रम गरेकामा प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । कार्यक्रममा वक्ताले मुख्यतः ट्रक आर्टले समेटेको धार्मिक, आध्यात्मिक, देशभक्ति, सांस्कृतिक, मायाप्रेम, बिछोडलगायत विषय समेटिएका साहित्यलाई संकुचित नबनाई परिष्कृत एवं समाजोपयोगी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
समारोहमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ परिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, दिनेश्वर महतो, सञ्जय बान्तवा राई, अरुणा हिङमाङलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच