
काठमाडौं । नेपाल बैंकको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा कर्मचारी फ्याक्सन इन्चार्ज हरिबोल गजुरेल, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय संस्था राष्ट्रिय समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकीलगायतको उपस्थिति थियो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै माओवादी केन्द्रका उपमहासचिव तथा कर्मचारी फ्याक्सन इन्चार्ज हरिबोल गजुरेलले नेपालकै जेठो बैंक रहेको नेपाल बैंकले आफ्नो साख र गरिमालाई पुनर्जागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न आग्रह गर्नुभयो । नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियन आन्दोलन राजनीतिक पार्टीहरूले दबाउन खोजे सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिनुभयो ।
संगठनका निवर्तमान अध्यक्ष सुवेदीले नेपाल बैंकलाई २०५८ सालकै अवस्थामा पु¥याउन हालको बैंक व्यवस्थापन उद्दत रहेको भन्दै संस्थागत सुशासन कायम गर्न तथा समग्र कर्मचारीको वृत्ति विकासमा जोड दिनुभयो । देशभरबाट करिब पाँच सयभन्दा बढी क्रियाशील सदस्यको उपस्थिति रहेको अधिवेशनबाट गोविन्दप्रसाद सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । महासचिवमा मोहनकुमार श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति तथा एक सय २५ सदस्यीय केन्द्रीय परिषद् निर्वाचित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच