
काठमाडौं । प्रकाश सपुतको निर्देशनमा बनेको चलचित्र ‘वसन्त’को पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा उहाँ स्वयं फिचर्ड हुनुहुन्छ । पोष्टरमा देखिएको प्रकाशको पात्र अध्ययनशील देखिएको छ । भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्वीर छन् ।
‘वसन्त’मा सपुतको निर्माण, निर्देशन, लेखन, अभिनय, गायन र संगीत । यो चलचित्रले चैत २२ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको छ । पोष्टर सार्वजनिक गर्दै उहाँले लोमो स्टाटस लेख्नुभएको छ । जहाँ उहाँले चलचित्र ‘वसन्त’ निर्माण गर्दाका चुनौती समेट्नुभएको छ । उहाँले ‘वसन्त’ निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको लेख्नुभएको छ । यो चलचित्र आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको उहाँको भनाइ छ ।
यो चलचित्र निर्माणका कारण आफूले एक वर्षदेखि नयाँ गीत सार्वजनिक नगरेको तथा देश-विदेशका कार्यक्रम जान नपाएको उहाले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच