बर्दघाटका उपप्रमुख ‘उपभोक्ता संरक्षक अवार्ड’ बाट सम्मानित

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । बर्दघाट नगरपालिकाका उपप्रमुख रूद्रप्रकाश उपाध्याय 'उपभोक्ता संरक्षक अवार्ड' बाट सम्मानित हुनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको ‘व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाले संयुक्त रूपमा उपप्रमुख उपाध्यायलाई अवार्ड प्रदान गर्नु भएको छ । बर्दघाट नगरपालिकामा उपभोक्ता शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपाल, बर्दघाट नगर समितिमार्फत महत्वपूर्ण योगदान गरेकाले उहाँलाई यो सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

यसअघि विराटनगरमा सम्पन्न उपभोक्ता हित संरक्षण मञ्च नेपाल, केन्द्रीय समितिको वार्षिक साधारण सभामा पनि बर्दघाट नगर समिति ‘सर्वोत्तम कार्य समिति’ को रूपमा छनोट भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशबाट विभिन्न पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । अन्य सम्मानितहरूमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल, केन्द्रीय अध्यक्ष ज्योति बानिया, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, मानव अधिकारकर्मी रिमा बी.सी., तथा पत्रकार डी.आर. घिमिरे रहनुभएको छ ।

कार्यक्रममा प्रदेशका विभिन्न नगर तथा उपमहानगरका जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?