काठमाडौं । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा भएको प्रथम खुला महिला फुटसल च्याम्पियनसिप-२०८१ मा संकटा क्लबका दुवै टिम च्याम्पियन भएका छन् । पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा सम्पन्न भएको प्रतियोगितामा संकटाले महिलाको सिनियर र जुनियर दुवैमा उपाधि जितेको हो ।
प्रतियोगितामा सहभागी टिमलाई जुनियर र सिनियर गरी दुई समूहमा विभाजन गरी खेलाइएको थियो । सिनियरतर्फको संकटाले हलेसी फुटबल क्लबलाई हराएर उपाधि जितेको हो ।
यसैगरी जुनियरतर्फको पनि उपाधि जित्ने क्रममा संकटाले स्टुडेन्ट फुटबल क्लब ‘ए’ लाई हरायो । प्रतियोगितामा सिनियरतर्फ पुनम चेम्जोङ र जुनियरतर्फ रेणुका शर्मा बेस्ट प्लेयर घोषित हुनुभयो ।
त्यस्तै, सिनियरतर्फ झरना राई र जुनियरतर्फ न्याहाँ पाण्डेले बेस्ट किपरको अवार्ड प्राप्त गर्नुभयो । प्रतियोगिताको पहिलो पुरस्कारको प्रायोजन कृषि विकास बैंकले गरेको थियो । यस्तै, नेपाल टेलिकम, एसियन थाई फुड्स, आमा बेकरी र नेपाल एयरलाइन्सले प्रतियोगितालाई साथ दिएका थिए ।
विजेता टिमलाई सेन्ट्रल फेसन स्कुल र जोयले गिप्ट हृयाम्पर प्रदान गरेको थियो । आयोजक एलिसन स्पोट्र्स प्रालिका अध्यक्ष सगुन थापा मगरले पहिलो प्रतियोगितामै उत्साहजनक सहभागिता रहेको र प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । अध्यक्ष सगुन थापा मगरले आगामी दिनमा अझ प्रभावकारी र व्यवस्थित प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच