ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
म्याद उल्लेख नगरिएको इम्लीको अचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ । ललितपुर जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघलगायतका प्रतिनिधि थिए ।
सो टोलीले चापागाउँ दोबाटोको मकवानपुर फास्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरी देखिएका कमजोरी सुधार्न सचेत गराएको छ । मकवानपुर फास्टफुडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टोरले मूल्यसूची नराखेको पाइएपछि सचेत गराइएको अनुगमन समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच