काठमाडौं । यू- १९ महिला विश्वकप अन्तरगत नेपाली महिला टोलीले विश्वकपअघिको दुवै अभ्यास खेल गुमाएको छ ।
मलेसियामा बुधबार अमेरिकासँग नेपालले ५ विकेटको हार ब्यहोरेको हो। यसअघि सोमबार भएको भएको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो।
बुधबारबार भएको खेलमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो।
नेपालका लागि साना प्रवीनले १२ रन र कप्तान पूजा महतोले १० रन जोड्दा अरु ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन्।
बलिङमा अमेरिकाका ६ ब्याटरले एक एक विकेट लिएका थिए। अमेरिकाले नेपालविरूद्ध नौ बलरलाई बलिङ गरायो।
५९ रनको लक्ष्य अमेरिकाले ५ विकेटको क्षतिमा १४ ओभरमा पूरा गर्यो।
अमेरिकाका लागि इशानीले रिटायर्ड आउट हुनुअघि २४ रन जोडिन्।
बलिङमा नेपालकी रिया शर्माले ३ विकेट लिइन् ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। यो समूहबाट नेपालले कम्तिमा पनि सुपर(६ मा पुग्ने लक्ष्य बनाएको छ।
दोस्रो संस्करणको यो विश्वकपमा १६ टोलीले भाग लिँदैछन्। १६ टोलीलाई चार चार टोली सम्मिलिन चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर ६ मा पुग्नेछन्।
सुपर ६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच