
रुपन्देही । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । संगठनको बुटवलमा सम्पन्न दोस्रो अधिवेशनले बुटवलका नेत्रप्रसाद आचार्यको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष खगराज उपाध्यायले जानकारी दिनुभयो ।
प्रदेश समितिको उपाध्यक्षमा टुक बहादुर रोका र नन्दा कुमारी नेपाली, महासचिवमा भिमलाल खनाल, सचिवमा जयराम खड्का, शिवराज न्यौपाने र मोहनसिंह सुनार, कोषध्यक्षमा श्रीराम पाण्डे रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा जंगबहादुर नेपाली, गुप्तबहादुर पुन, अनिल कुमार शर्मा, ठगिश्वर पोखरेल, विष्णुप्रसाद बस्याल, हरिप्रसाद पन्थी, नारायण थापा, विमला पौडेल, नविन पाण्डे रहनुभएको छ।
यस्तै लेखा समिति संयोजकमा शोभाखर ज्ञवाली र सदस्यहरुमा बाबुराम न्यौपाने र ढालबहादुर जिसी रहनु भएको छ ।
यी हुन् १२ जिल्लाका अध्यक्षहरु
कर्मचारी संगठनको प्रदेश अधिवेशन अघि सबै जिल्लाका अधिवेशन सम्पन्न भएका थिए ।अधिवेशनहरुले नवलपरासीमा देविलाल पौडेल, रुपन्देहीमा कमल पराजुली, कपिलवस्तुमा केशव मरासिनी, अर्घाखाँचीमा पशुपती खनाल, पाल्पामा भोजराज राना, गुल्मीमा लालमणी भण्डारी, दाङमा गोकर्ण वलीको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको थियो ।
यस्तै संगठनको प्युठान अध्यक्षमा रामबहादुर बस्नेत, रोल्पामा हिमाल घर्ती, रुकुम पूर्वमा भिम झाँक्री, बाँकेमा देविलाल चौलागाईं र बर्दियामा कृष्णबहादुर बिष्टको नेतृत्वमा जिल्ला कार्य समिति चयन भएको थियो ।
सेवाग्राहीका काममा कुनै पनि बहाना नगर्न मन्त्रीको निर्देशन
यसअघि प्रदेश अधिवेशनको बुटवलमा उद्घाटन गर्दै प्रदेश सरकारका मन्त्री भूमिश्वर ढकालले सेवा प्रवाहलाई प्रभावकारी र चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो ।
उहाँले सेवाग्राहीका काममा कुनै पनि वहाना नबनाउन, ढिलासुस्ती नगर्न, आलटाल नगर्न कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो । उहाँले सरकारले अगाडि सार्ने योजनाहरुको सफल र प्रभावकारी कार्यान्वयनमा कर्मचारीहरुकै भूमिका निर्भर हुने भन्दै कुनै पनि गलत स्वार्थ र पूर्वाग्रह नराखेर काममा केन्द्रित भएर लाग्न आग्रह गर्नु भयो ।
उक्त उद्घाटन समारोहमा मन्त्री ढकालसमक्ष कर्मचारीहरुले प्रदेश निजामती कर्मचारी ऐनको प्रभावकारी कार्यान्वयन गर्न र संघीय निजामति ऐनलाई छिटो ल्याउने काममा पनि भूमिका निर्वाह गर्न आग्रह गरेको संगठनका रुपन्देहीका पूर्वअध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिनु भयो ।
यसैगरी कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष्य भबानी दाहाल, उपाध्यक्ष रेबन्त गौतम, उपाध्यक्ष प्रभास साह लगयतले संघीय ऐन छिटो ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संगठनका केन्द्र, प्रदेश र जिल्लाका विभिन्न तहका कर्मचारीहरु सहभागी थिए । संगठनका नेताहरु कमल पराजुली, कल्पना थापा, खगराज पोखरेल, बसन्तकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच