
पोखरा । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा सिक्किमको थन्डरबोल्ट्स नर्थ युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
युनाइटेडलाई तीन–शून्यको फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो । ब्ल्याक बुल्सले सेमिफाइनलमा स्थान बनाएसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्रीस्टारले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
खेलको पहिलो हाफमा एक गोल गरेको ब्ल्याक बुल्सले दोस्रो हाफमा दुई गोल थप्यो । पहिलो हाफको ३६औँ मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभको गोलमा ब्ल्याक बुल्सले सुरुवाती अग्रता बनाएको थियो । सभ्कात्जोन सत्तोरोभको पासमा उहाँले युनाइटेडका गोलरक्षक र डिफेन्डरको बीचबाट सेकेण्ड बारबाट उत्कृष्ट गोल गर्नुभएको थियो ।
खेलको ७३औँ मिनेटमा साभ्कात्जोनको क्रसमा साइडजामोलले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर पार्नुभयो । खेलको ७५औँ मिनेटमा साभ्कात्जोन सत्तोरोभको गोलमा ब्ल्याक बुल्सले तीन-शून्यको आरामदायी अग्रता बनाएको थियो ।
ब्ल्याक बुल्सले अब फाइनल प्रवेशका लागि पाँचपटकको च्याम्पियन थ्रीस्टार क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनलमा आज (बुधबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच