
काठमाडौं । सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली फर्पिङले बृहत् साहित्यिक उत्सव गर्ने भएको छ । फागुन १७ गते शनिबार एक विशेष सामारोशबीच दक्षिणकाली नगरपालिका-४, बाँसवारीमा अवस्थित चम्पादेवी हिल साइड रिसोर्टमा यो समारोह गर्न प्रतिष्ठानले जनाएका छ । उत्सव सफल बनाउन सहभागी भई सम्पूर्ण साहित्यकारलाई प्रतिष्ठानले विज्ञप्तिमार्फत अनुरोध पनि गरेको छ ।
बृहत् साहित्यिक उत्सवको कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली, फर्पिङले दीर्घकाल साहित्यिक पत्रकारमा योगदान पु¥याउने तथा साहित्य सेवा गर्ने स्रष्टालाई विभिन्न सम्मान प्रदान गर्ने घोषणा गरेको छ ।
यस कार्यक्रममा वर्ष पहिलो २०८१ को ‘सुसेली साहित्यिक पत्रकार सम्मान-२०८१’ बाट वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, ‘सुसेली कविता सम्मान-२०८१’बाट कवि तुलसी दिवस र ‘सुसेली आख्यान सम्मान-२०८१’बाट कथाकार माया ठकुरीलाई समर्पण गर्ने भएको छ । सम्मानित स्रष्टाको चयन साहित्यकार किशोर पहाडीको संयोजनमा गठित डा.शेखरकुमार श्रेष्ठ र अप्सरा भुर्तेलको त्रिसदस्यीय समितिले गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच