
पानी छानेर पिउनु, गुरु जानेर बनाउनु
संसारका कुनै पनि कुराको अर्थ भनेको गुहृय सन्देश भन्ने नै हुन्छ । नेपालमा सबैभन्दा बढी नबुझेको र बुझ्ने प्रयास पनि नगरिएका केही शब्द छन् ती हुन् चुनाव, प्रजातन्त्र र सरकार । प्रजातन्त्रलाई साधारणतया जनताले जनताका लागि जनताबाट छानेका प्रतिनिधिबाट गरिने शासन संयन्त्र भनेर परिभाषित गरिएको देखिन्छ र यसमा असहमत हुनुपर्ने आवश्यकता साधारणतया देखिँदैन पनि । यसै परिभाषाभित्र रहेर पनि नेपालको कमीकमजोरीलाई औंल्याउन सकिन्छ । चुनावको अर्थ हुन्छ छनाइ, रोजाइ, ठम्याइ । यस प्रक्रियालाई जनता अर्थात् मतदाताले पटक्कै नबुझेको देखियो । हैकम र लेनदेनका आधारमा योग्यता, क्षमताविनाका ठग, लन्ठु र पद, धन, परिवारप्रति हिरिक्क हुने प्रवृत्तिका मान्छेलाई जिताएर प्रजातान्त्रिक पद्धतिको सबैभन्दा बढी दुरुपयोग गरेका छन् भन्न सकिन्छ ।
मतदाताले राम्रो विकल्प नभेटेर यसो भएको हो भन्ने तर्क गरिएला । एक हदसम्म यो पनि सत्य हो तर सम्पूर्ण सत्य होइन । विकल्प खोज्ने भनेको दलले र सरकारले होइन जनताले हो । किनभने पद्धति र नेता गलत भए भने सबैभन्दा बढी मार जनता र सामान्य मूल्य पद्धतिमा पर्दछ । निकम्मा साबित भएका व्यक्तिलाई नै तीन-चार या सातपटक आठपटक जिताउनुभनेको मतदाताको विकृतिपूर्ण छनोट हो भनेर भन्नैपर्छ । यसो भएकै कारणले जनतालाई प्रत्येक दलले आ-आफ्ना दर्शनमा भन्दा प्रजातान्त्रिक हकअधिकार संरक्षणका लागि सचेत गराउने काम गर्नुपर्छ भनिएको हो राजनीतिक दर्शनका पुस्तकमा । जोन स्टुअर्ट मिलको ‘संसदीय गतिविधि’ पढे यी कुरा स्पष्ट हुन्छन् ।
चुनाव धेरैमा थोरै राम्रा छान्ने अवसरका रूपमा होइन मोलमोलाई, लेनदेन र अनन्तकाल सत्ता सयरको लिस्नु हो भन्ने ठान्छन् यिनीहरू । यदि यस्तो हुँदैनथ्यो भने अन्यत्र १०/१२/सात-पाँचपटक सरकार फेरिएर नयाँ मान्छेले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका सकेर घर फर्कँदा पनि हाम्रो देशका नेताहरू नै चुनावमा अब्बल बनेर आएका देखिन्छन् ।
अहिले पूर्वाञ्चल विश्वविद्यालयले जसरी प्राध्यापक बनाउने मक्सदका साथ सूचना निकालेको छ यो पनि एउटा प्रमाण हो नालायक कार्यकारी अधिकार पाएका व्यक्तिको । त्रिविले डिन, डाइरेक्टर तथा क्याम्प सप्रमुख र सहायक क्याम्पस प्रमुख छान्नका लागि सिफारिश समिति बनाएर तिनले योग्यता क्रममा छानेर सिफारिश गरेका मध्ये पहिलो, दोस्रो र तेस्राको क्रमलाई उपकुलपति, शिक्षाध्यक्ष, राजष्ट्रारले मान्न, नमान्न पनि सक्ने गरी जुन टेन्डर प्रकृतिको काम गर्यो यसले पनि यो देश चलाउने टाउकेहरूको बुद्धि, इमान र क्षमताको झल्को दिन्छ ।
इन्जिनियर संकायमा ६ नं. बढी भएका सुवर्ण शाक्यलाई बलीको बोको बनाएर वर्तमान शिक्षामन्त्री र प्रधानमन्त्रीलाई स्तवन गर्दै सलामी चढायो त्रिविले । हिजो पहिलो नम्बरमा आएका व्यक्तिलाई हटाएर मेरिटोक्र्यासिका नाममा तत्कालीन प्रधानमन्त्री र शिक्षामन्त्रीले आफ्ना दलको कार्यकर्तालाई ल्याएका थिए त्रिविको उपकुलपतिमा भने अहिले बरालजीले यसो गरेकोमा आश्चर्य त के मान्ने र ¤¤ तर मेरिटोक्र्यासीको यो भन्दा विद्रूप चित्र अर्को हुन्छ होला दुनियाँमा कतै ?
सैंयाँभद्रगेलैक हबलदार तँ नङटे नाचब रे
यो मैथिली भाषाका उखानले नेपालका राजनीतिक दलको र आरम्भदेखि आजसम्मकै सरकारको पनि करनी र कथनीको राम्रो चित्र प्रस्तुत गर्दछ । मेरा लोग्ने हबल्दार भएका छन् म नांगै नाचे पनि मलाई कसले के गर्न सक्छ र ? भन्ने यसको अर्थ हो । नेपालका राजनीतिक दलको र नेपालमा तपाईंले देखेका जति सबै सरकारका कथनी र करनी सम्झनुभयो भने के यो उखानसँग ठ्याक्क मिल्दैन र ? राज्य चलाउने मूलनीतिलाई राजनीति भन्नुपर्छ अचेल तर नेपालमा जंगबहादुरलाई राजा मान्ने र रणबहादुर शाह जस्ता बौलाहालाई मोहर राखेर ढोग्नेका खलकका हातमा राजनीति गएको हुनाले आज पनि राजाको नीति राजनीति भन्ने परिभाषा नै यिनीहरू घोकिरहेका छन् ।
त्यसै कारणले राजनीति समाजसेवा होइन मलाई मेवा हो । चुनाव धेरैमा थोरै राम्रा छान्ने अवसरका रूपमा होइन मोलमोलाई, लेनदेन र अनन्तकाल सत्ता सयरको लिस्नु हो भन्ने ठान्छन् यिनीहरू । यदि यस्तो हुँदैनथ्यो भने अन्यत्र १०/१२, सात-पाँचपटक सरकार फेरिएर नयाँ मान्छेले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका सकेर घर फर्कंदा पनि हाम्रा देशका निकम्माहरू नै चुनावमा अब्बल जोधाहा साँढे बनेर आएका देखिन्छन् । घात गरेर होस् कि अपघात गरेर होस् नेललीवाल (लामिछाने, दाहाल, ओली, देउवा, नेपाल,)लाई जसरी पनि ल्याउनैपर्छ सत्ताका शिखरमा । माधव नेपालविना सत्ता चलेन र हारे पनि प्रधानमन्त्री बनाइयो । पुष्पकमल दाहालसँग भएको जादुई नम्बरले मायाविनी सर्सीले पढे लेखेका मान्छेलाई भेडो बनाएर थुने झैँ शेरबहादुर देउवा र खड्गप्रसाद ओलीलाई गोरु बनाएर नेपालका सारा सिरुबारी जोतेको सबैले देखेकै हुन् ।
अहिले उपेन्द्र यादवले पनि त्यही सपना देखेर यिनलाई फेरि कज्याउने दाउ थापेका छन् एकातिर भने अर्कातिर माकुने हात्तीसँग पनि खड्गले च्याँखे थापेका खबर आउनलागेका छन् । रवि नभईकन पुकदालाई पिसाब लागेन कुनै दिन भने अहिले देउवा र ओलीका टोली झोलीको चमकधमक पनि त हेर्न लायक छैन र ? यसरी हेर्दा यो देशमा राजनीतिकर्मीभन्दा कहिले जनता नै बढी विवेकशील देखिन्छन् त कहिले जनताभन्दा असल भेडाको संसारमा जातै छैन कि झैँ लाग्छ । रविका पछि चितवने हिरिक्क भएका छन् । दशौं अपराध गर्दा पनि विवेकहीन छाडा युवकयुवती लट्ठिए झैँ जनता लट्ठनु भनेको देशका लागि राम्रो कुरो किमार्थ होइन ।
कुनै दिन देउवा र ओली अनि दाहालका प्रति पनि अहिलेको रविका पछि लाग्ने भेडाजस्तै गरी तिनका निर्वाचन क्षेत्रका भेडा लागेर के पाए ? यही हालत भोलि चितवनका भेडाको पनि हुने सुनिश्चित छ । सिरहाली, झापाली र गोर्खाली भेडाले पनि पाठ सिक्नु जरुरी छ । राजनीतिका पण्डित जनतालाई बिझ्ने शब्द प्रयोग नगर्नु भन्छन् तर गल्ती एक पटक हुन्छ बारम्बार गल्ती गर्नेलाई गल्तीबोध गराउनेका लागि हाम्रा पितापुर्खाले जानेर बनाएर राखिदिएका रहेछन्, आज मैले पनि नहिच्किचाइकन ती शब्द प्रयोग गरेँ । किनभने म नेता पनि बन्दिन र भ्रष्ट चरित्रहीनलाई नेता पनि मान्दिन । यही कुरो मतदाता अथवा साधारण जनता जो भेडेप्रवृत्ति पटक-पटक देखाउँछन् तिनलाई पनि त्यही व्यवहार गर्दछु ।
गर्नेभन्दा गराउने ठूलो
नेपाली लोकसमाजमा यो भनाइ अति नै प्रचलित छ । यसको अन्वयमुखी अर्थमा भन्दा आज म व्यतिरेकी अर्थमा केही कुरा गर्न खोज्दै छु । नेपाल देश चलाउने आदेश अधिकार दिने जनता या साधारण मतदाता नै हुन् । तिनका पटक-पटकका गल्तीका कारणले शेर शेर, खड्ग-खड्ग बनेर प्रकट हुन सकेका हुन् । यही कुरो भोलि रवि नामको चरित्रान्धकारमा पनि लागू नहोला भन्न सकिँदैन । कार्यकारी निकायले गरेका कमीकमजोरीलाई दूधको दूध पानीको पानी बनाएर ठीक मार्गनिर्देश गर्ने काम न्यायिक निकायको हो । हाम्रा देशमा पनि न्यायिक निकाय छन् । तिनले धेरै राम्रा काम गर्दागर्दै पनि कुनै-कुनै काम विवेकहीन भएर गरेको पनि देखिन्छ ।
प्रजातान्त्रिक पद्धतिमा प्रत्येक पाँचौं वर्षमा चुनाव हुन्छ तर चुनावका बेला चाड मनाउने मानसिकताले गर्दा हाम्रा देशमा पञ्चायत होस् कि प्रजातन्त्र होस् या कम्युन भक्तका हातको सत्ता होस् सबै दशैँ मनाएर बिताउँछन् । खाली दिमागका ठगलाई ठग्नु छ मतदाता भनाउँदालाई एक दुई छाक भने पनि स्वाद बदल्नु छ ।
यसरी हेर्दा जनताका आस्था र विश्वासमा बाँच्नुपर्ने संस्था पनि बेलाबेला चुकेको देखिनु भनेको देश र जनताकै दुर्भाग्य हो । जनता सतर्क र सचेत छन् भने न्यायलय तरबारका धारमा नांगा पैताला आफू पनि हिँड्छ र मति बिग्रेका राजनीतिकर्मीलाई पनि नांगेझार पारेर देश र जनताको आब्रुक राख्दछ । भारतीय उच्च अदालतले केजरीवाललाई दिएको अवसर अनि दण्डलाई जनताले अहिले गरेको समर्थनबाट पनि नेपाली मतदाता बेखबरै छन् । तिनलाई भोलि दुई चोक्टा मासु र अलिकति नगदनारायणको हरिया मुखका दर्शनमा ‘ओदेदारल’ ले मज्जाले चिसा थाङ्नामा सुताएर गोडामा चिल्लो लाउन लगाउँछन् । त्यो पनि यो देशका म जस्ता मै हुँ भन्ने भेडाले टुलुटुलु हेरेर ङिच्च ङिच्च गरेरै लाज पचाउन सक्छौं ।
अतः जनता हुँ भन्ने गर्वबोध भएका र मसँग अलिकति भए पनि स्वविवेक र स्वाभिमान छ भन्नेले आजैबाट जनता ब्युँझाउने र गलतलाई गलत भनेर शुकरातले झैँ असत्यका लागि विषपान गर्ने हिम्मत प्रदर्शन गर्न लागौं अन्यथा रातभरि रुँगो बुढी जिउँदै भन्ने उखान चरितार्थ हुन्छ । सरसल्लाह र मत मिलाउँदा मिलाउँदै बार घर माझी डुबेथे रे । हामी तिनै माझी हौँ हामीलाई राणाले सताए, शाहले सताए, कांग्रेसले सतायो, वामले पाइला पाइलामा सताएको सतायै गर्दा पनि हाम्रो चेत खुलेको छैन र मोर्चा बनाउने स्वप्न देख्छौँ सही काम कहिल्यै गर्दैनौं ।
बार वर्षमा पोइ आयो म राँडलाई ज्वरो आयो
प्रजातान्त्रिक पद्धतिमा प्रत्येक पाँचौं वर्षमा चुनाव हुन्छ तर चुनावका बेला चाड मनाउने मानसिकताले गर्दा हाम्रा देशमा पञ्चायत होस् कि प्रजातन्त्र होस् या कम्युन भक्तका हातको सत्ता होस् सबै दशैँ मनाएर बिताउँछन् । यहाँ चिलाउने र कन्याउने उस्तै–उस्तै छन् । खाली दिमागका ठगलाई ठग्नु छ मतदाता भनाउँदालाई एक दुई छाक भने पनि स्वाद बदल्नु छ । सुरक्षार्थ खटिने प्रहरीलाई बोकाएर करोडौं निर्वाचन क्षेत्रमा पु¥याएर पनि चुनाव जितेको देखियो । यस्ता देशमा के को प्रजातन्त्र ? के को चुनाव ? के को मूल्य पद्धति ? यसरी हाम्रा देशमा आएको सरकार तथा नीति परिवर्तन गर्ने क्षण जादुगरका हातको परेवा बनेर गएको देखिन्छ ।
दुई तिहाइको सरकार जे भनेर गठन भयो त्यो आज घाँटीमा हाड अड्केर निल्नु न ओकल्नु बनेर सात वर्षपछि संविधान संशोधनको धमास दिन लागेको छ । अल्प विकसित, विकासोन्मुख हाम्रा जस्ता देशका लागि प्रजातन्त्र चुनाव, कानुन, नीतिनियम भनेका सबै हात्तीका देखाउने दाँत जस्तै सोझा सिधा जनता अल्मल्याउने साधनमात्र भएर खेर गएको देखिन थालेको छ । अमेरिकामा ट्रम्प, रसियामा पुटिन जस्ता सनक सीताराम आएर सधैँ खतरा, चासो र सम्भावनाको लिंगे पिङ त खेलेका छन् त्यहाँका जनताले । हामी त जसरी पनि जादुगरका हातको परेवाको परेवा कसो ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच