
काठमाडौं । अहिले भ्यालेन्टाइन विक चलिरहेको छ । हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् ।
चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् । चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ।
यस्ता छन् चुम्बनका फाइदाहरू
– चुम्बन गर्नाले मस्तिष्कबाट धेरै प्रकारका केमिकल निस्कन्छ, जसले शरीरमा खुसीको हर्मोन बढाउने काम गर्छ। यसले तपाईँलाई राम्रो महसुस गराउँछ ।
– चुम्बन गर्दा मुटुको धड्कन बढी शरीरमा रगतको प्रवाह बढ्छ र शरीरमा रगतको उचित परिसंचरणले धेरै रोगको जोखिमबाट बचाउँछ।
– शरीरमा रक्तसञ्चार बढाएर टाउको दुख्ने, पेट दुख्ने जस्ता धेरै समस्याहरू हट्छन् ।
– चुम्बनबाट साल्भिया नामक तत्त्व धेरै उत्पादन हुन्छ, जसले दाँत सडाउने ब्याक्टेरिया भगाउँछ।
– अध्ययनका अनुसार चुम्बन गर्दा क्यालोरी कम गर्न फाइदाजनक मानिएको छ । एक मिनेटसम्म चुम्बन गर्दा दुई देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ ।
– शारीरिक थकान र पिडा बिर्साउँछ ।
– चुम्बन गर्दा शरीरमा कोर्टिसोल नामक हर्मोनको स्तर कम हुन्छ, जसलाई तनाव हार्मोन भनिन्छ । यो हर्मोन नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण छ ।
– चुम्बनले रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच