
काठमाडौं । ओपी जिन्दल विश्वविद्यालय (ओपिजेयू) र लिंक वेभ ग्लोबल स्टडीबीच नेपालमा उच्च शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ । सो अवसरमा ओपिजेयूका उपकुलपति डा. आरडी पाटीदारले विश्वविद्यालयले गुणस्तरीय शिक्षामा केन्द्रित रही अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उच्चतम हेरचाह एवं आफ्नै उद्योगमा रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ओपिजेयूले औद्योगिक सम्बन्ध मजबुत बनाउँदै विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गरिरहेको बताउनुभयो ।
लिंक वेभ ग्लोबल स्टडीका कार्यक्रम निर्देशक कपुर थापाले ओपिजेयूलाई नेपालमा सशक्तरूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘लिंक वेभ ओपिजेयूको नेपाली बजारमा सशक्तरूपमा उपस्थिति बनाउनेछ । दुवै संस्थाले एक-अर्कालाई परिपूरक बनाउँदै नेपाली विद्यार्थीलाई उत्कृष्ट शैक्षिक तथा औद्योगिक अवसर उपलब्ध गराउनेछन् ।’ ओपिजेयू इञ्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा टेक्नोलोजी जस्ता लोकप्रिय पाठ्यक्रमका लागि प्रख्यात छ । साथै उक्त विश्वविद्यालयको आफ्नै उद्योगहरूसँग प्रत्यक्ष सम्बन्ध रहेकाले विद्यार्थीले अध्ययनकै क्रममा व्यावहारिक तालिम तथा रोजगारीको अवसर पाउने ओपिजेयूको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच