
काठमाडौं । श्याम राउत र मिरा राउतको स्वरमा रहेको गीत ‘फूलको रङ्ग’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको स्वर र महाराजा थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम स्वारको निर्देशन रहेको गीतको भिडियोमा एउटा प्रेमीले प्रेमीको सौन्दर्यको वर्णन गरिएको छ जसमा प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड हुनुहुन्छ । प्रभात र उषालाई रोमान्टिक जोडीको रूपमा भिडियोमा प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा प्रवीन भट्टको सम्पादन छ ।
गायक श्याम राउत नेपाल सरकारका निजामती सेवाका अधिकृत हुनुहुन्छ । उहाँले भारतको इलाहाबादबाट क्लासिकल संगीत सिक्नुभएको हो । गायिका मिराले पनि इलाहाबादबाट क्लासिकल संगीत सिक्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच