
काठमाडौं । नेपाल डेरी एसोसिएसनले जिआइजेड र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा काठमाडौं उपत्यकामा रहेका डेरी उद्योगीको भेला गरी ऊर्जा दक्षता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहृलाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, मनोज घिमिरे, संस्थापक सदस्य राजन दाहाल, सह-कोषाध्यक्ष रामभक्त दाहाल, डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, केन्द्रीय दुग्ध सहकारी संघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सापकोटा एवं नेपाल डेरी एसोसिएसनका सदस्यको सहभागिता थियो ।
कार्यक्रममा अध्यक्ष प्रहृलाद दाहालले ऊर्जा दक्षता कार्यक्रमले डेरी उद्योगीलाई उत्पादन लागत घटाउन ठूलो सहयोग पुग्ने भएकाले त्यसबाट फाइदा लिन सक्नुपर्ने बताउनुभयो । जिआइजेडका डा. सञ्जयप्रसाद गोर्खालीले उद्योगमा ऊर्जा नवीकरण गर्दै सदुपयोग गर्न सके धेरै मुनाफा निकाल्न सकिने बताउनुभयो । जिआइजेडका ऊर्जा सल्लाहकार सुदन कायस्थले ऊर्जा दक्षताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय वाणिज्य बैंकका ऊर्जा अनुदान कन्सल्टेन्ट राजीव जोशीले अनुदान प्राप्ति प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच