
(८) १२० का नोट अँगेनामा स्वाहा:
६ वर्षतिर नै मैले पात्रो हेर्न जानेको थिएँ । पिताजीले पहाडा पढाउँदै पात्रो हेर्नसमेत सिकाउनुभएको थियो तर म अंक सारो चाँडो भुल्छु र हिसाबको विषय कमजोर छ मेरो । तैपनि तिथि, घडी, पला आदिको सामान्य ज्ञान थियो ममा । भदौको सुरुवाती दिन हुनुपर्छ । आमा घरको भुइँ लिप्तै हुनुहुन्थ्यो । अँगेनुमा तरकारी वा खोले केही बसाइएको थियो । म आगो तापेर बसेको थिएँ । आमाले भन्नुभयोः पात्रो हेर त कहिले रहेछ औँसी ? आमाको आदेशलगत्तै मैले खोपामा राखेको पात्रो ल्याएँ र खरर पल्टाएँ । पल्टाउनासाथ केही डढेको गन्ध आयो । आमा कराउनुभयो: के डढ्यो हेर् त । यसो अँगेनुतिर हेरेको त नयाँ दशका नोटहरू पुतपुत जल्न लागेका । आमा तुरुन्त आउनुभयो र अँगेनाबाट नोट तान्नुभयो । धेरै नोट आधा जलेका केही पूरै जलेका र केही थोरै मात्रै जल्न बाँकी ।
जम्मा १२० रहेछ । पिताजीले कसैसँग कपडा किन्न वा कुनै गर्जो टार्न सापटी ल्याउनुभएको रहेछ । बालकृष्ण समको मुकुन्द इन्दिराको पात्र जस्तै भयो त्यो क्षण अहिले सम्झँदाः दुःखीका घरमा मात्रै तेरो बास हुने भए । हे ईश्वर दया राखी मलाई अझ दुःख दे । पिताजी कतै बाहिर जानुभएको थियो । आमा पहिलोपटक भएको यस्तो दुर्घटनाका कारण असाध्य भयभीत हुनुभयो । मेरो त सातोपुत्लो गयो । पिताजी आउनु भएपछि आमाले डराई डराई सबै बताउनुभयो । पिताजीले मतिर हेर्नुभयो र एक चड्कन लाउनुभयो । यसअघि एकपटक पिताजीको हातको एक थप्पड पाएको थिएँ । आज दोस्रोपटक ।
पिताजी कर्मकाण्ड गर्न त्यति जानु हुँदैनथ्यो । भागवत् पुराण र रुद्री पाठमा भने बोलाएको ठाउँमा पुग्नुहुन्थ्यो । बिगुटारमा पिताजीका बुुढामावली सापकोटा कुलप्रसाद बाको घर र भुजेल गाउँमा साइली दिदीको घरमा मात्रै यजमानी गर्नुहुन्थ्यो । कहिलेकाहीँ छरछिमेकमा पुरोहित नआएमा मात्र श्राद्ध, पूजा गराउनुहुन्थ्यो ।
अनि उहाँले आमालाई भुक्क एक लात्ती हान्नुभयो र बाहिर निस्कनुभयो । आमा पहिलोपटक पिताजीको लात्ती खाएको हुनाले असाध्य दुःखित हुनुभयो । खुब रुनुभयो । मलाई पनि आँसु आए । ठूल्दिदी छेउमा बसेर रुन लाग्नुभयो । पिताजीमा यति क्रोध मैले देखेको पहिलो र अन्तिम त्यही नै लाग्यो । त्यसदिन पिताजीले भात खानुभएन । कता जानुभयो । साँझ परेपछि मात्रै आउनुभयो । सायद पिताजीलाई यसरी पत्नीलाई हिर्काएको र अनाहक छोरालाई चड्काएको पश्चात्ताप भएको हुुनुपर्छ । किनकि पिताजी जतिसुकै नोट भए पनि खोपामा, मुलोच्छ्यानको राडीमुनि, पुस्तकका पानाभित्र, यसै राख्ने गर्नुहुन्थ्यो । त्यस दिन मेरो र आमाको गल्ती थिएन । पात्रोमा पैसा भए नभएको कसरी थाहा पाउनु ? उचित रूपले नोट नराख्ने अनि दोष हामीलाई लगाउने काम भयो ।
आमाको दोष मलाई पात्रो हेर्न किन लगाएको ? र मेरो दोष के छ ? भन्ने नहेरी किन पात्रो फुकाएको ? भन्ने मात्रै थियो । निकै दिनसम्म पिताजी यो घटनाबाट आहत भएको अनुभव भयो । उहाँ यथार्थमा कहिल्यै क्रोध नगर्ने, सदा शान्त रहने, रुपियाँ, पैसा धनप्रति लोभलालच नभएको हुनुहुन्थ्यो । एक प्रकारले गृहस्थ सन्त तर त्यस दिन रिसाउनुभयो । दुःखको रिस हो भन्ने बुझ्न सकिन्छ । त्यस दिनदेखि मैले पिताजीबाट कुनै दिन पनि हप्काई वा पिटाई खाइनँ र आमाले पनि कहिल्यै गाली खानुभएन । त्यसदिन जलेका नोटलाई जतनसँग राखिएको थियो । केही महिनापछि राजधानी जानुभएका डाँडाघरे जेठाबा (अभयकेशर) ले राष्ट्र बैंकबाट साटेर नयाँ नोट ल्याइदिनुभयो । सायद १२० मध्ये ८० रुपियाँ यसरी जोगिन पुगे ।
(९) साइली दिदीको घरमा श्राद्ध र मटक:
पिताजी कर्मकाण्ड गर्न त्यति जानु हुँदैनथ्यो । भागवत् पुराण र रुद्री पाठमा भने बोलाएको ठाउँमा पुग्नुहुन्थ्यो । बिगुटारमा पिताजीका बुुढामावली सापकोटा कुलप्रसाद बाको घर र भुजेल गाउँमा साइली दिदीको घरमा मात्रै यजमानी गर्नुहुन्थ्यो । कहिलेकाहीँ छरछिमेकमा पुरोहित नआएमा मात्र श्राद्ध, पूजा गराउनुहुन्थ्यो । पिताजीको दिनचर्या प्रायः जडीबुटी औषधिमूलो गरी बिमारीलाई उपचारमा नै सहज हुने गरेको देखिन्थ्यो । दोल्पुमा एकजना टाउके तामाङ हुनुहुन्थ्यो । पिताजीका मितमामा । उहाँका जेठा छोरा भीमबहादुर । मेरो पिताजी टुहुरो भएको हुनाले मितमामा असाध्य माया गर्नुहुन्थ्यो ।
आफ्नो घरमा प्रत्येक वर्ष रुद्री लगाउने, मित भानिजलाई बोलाउने, पढ्न लगाउने, केही दक्षिणासहित एक भारी रोटी, गहुँ, आलु दिएर पठाउनुहुन्थ्यो । बाबुछोराले फरक दिनमा पूजा लगाउने हुँदा हामी प्रसन्न हुन्थ्यौँ बुढामावलीका घरका रोटी खान पाएर । अहिले कस्तो चलन छ थाहा छैन । त्यस समयमा तामाङका घरमा समेत रुद्री लगाउने चलन थियो । पिताजी जन्तरखानीका मगरहरूको घरमा पनि बोलाएपछि पूजा लगाउन वा गरुड पुराणमा जानुहुन्थ्यो । महभिरका रविलाल दाजु, केही समयपछि नीलकण्ठ दाजु र पछिल्लो चरणमा मीनकुमार पौडेलले जन्तरखानीतिरको जिम्मा लिनुभएको थियो ।
यस प्रसंगलाई मैले पृष्ठभूमि बनाएको हुँँ । त्यस दिन पिताजी बिहानै कतै जानुभएको थियो । म भात खाएर बसेको थिएँ । बिदा थियो विद्यालय र गुरुबा आउनुभएको थिएन । साइली दिदीको कान्छो छोरा हर्कबहादुर दौडँदै आउनुभयो । हिराबहादुर र हर्कबहादुर दाजुहरू हाम्रो घरमा आइरहनु हुन्थ्यो । भुजेल परिवारसँग राम्रो सम्बन्ध थियो । हर्कबहादुर दाजु आउनुभयो र सोध्नुभयोः पण्डितबा कता हुनुहुन्छ ? आमा श्राद्ध गर्न पर्खिरहनु भएको छ । पण्डितबा नभई श्राद्ध हुँदैन । पिताजी घरमा नभएको जानकारी दिएँ तर श्राद्ध गर्नैपर्ने छ । हर्कबहादुर दाजुले मलाई नै हिँड्न कर गर्नुभयो । संस्कृत पढेको भए पनि कर्मकाण्ड मलाई आउँदैन ।
लघु कौमुदीको निर्धारित पाठ सक्ने समय भए पनि सकिएको थिएन तर हामीलाई अरू जस्तै गरी काठमाडौं गएर पढ्ने रहर जाग्न लाग्यो । यो समय २०२६ भदौको हुनुपर्छ । हामीभन्दा अघिल्लो पुस्ताका सबैजना कोही काठमाडौं, कोही मटिहानी, कोही वनारस गएका थिए ।
म त्यसबेला सायद आठ वर्षको थिएँ । सारै कर गर्नुभयो । श्राद्धको पुस्तक भेटिनँ र चण्डीको पुस्तक बोकेर हर्कबहादुर दाजुसँग हिँडेँ । भुजेल गाउँकी साइली घर्तिनी भन्थे सबैले तर मेरा पिताजी सधैँ साइली दिदी भन्नुहुन्थ्यो । हामी पनि पिताजी जस्तै गरी साइली दिदी भन्थ्यौँ । उहाँका श्रीमान् निकै पहिले खस्नुभएको रहेछ । दुईजना छोरा र एकजना छोरीकी आमा साइली दिदी आफैँ नै श्रीमान्को श्राद्ध गर्नुहुन्थ्यो । त्यो समय, महिलाले श्राद्ध गर्नु र गराउनु निकै क्रान्तिकारी काम मानिन्थ्यो । श्राद्ध गर्दा जनै काँधमा राख्ने प्रचलन छ । जनै नलगाउने पुरुषहरूले रुमाल वा फूल दाहिने देब्रे गरी पितृकर्म गर्छन् । साइली दिदी पनि त्यसै गर्नुहुँदो रहेछ ।
म पुग्दा श्राद्धमा चाहिने सिधा, फूलअक्षता, अरू पिण्डका सामान ठीक पारिएको रहेछ तर मलाई समस्या प¥यो कहाँबाट श्राद्ध सुरु गर्ने ? चण्डीको पुस्तक झिकेँ र श्लोकहरू पढ्न थालेँ । अनि कहिलेकाहीँ पिताजीले घरमा गरेका श्राद्ध कर्मका केही अंशअनुसार गरेँ । विस्तारै पटुकामा अड्काएर मोटकलाई सिउरिन लगाएँ तर झिक्न बिर्सेंछु । श्राद्ध सकियो कसरी सकियो ? भन्नै परेन ।
अन्तिममा साइली दिदीले भन्नुभयोः नानी यो मटक कतिखेर झिक्ने हो ? म झसंग भएँ र भने ठीक बेला यही हो अब झिक्नुहोस् । उहाँले मोटक झिक्नुभयो । विधि सकियो । मलाई २५ पैसा दक्षिणा मिल्यो । खीर, अचार, रोटी साथमा मिल्यो । जीवनको त्यो पहिलो र अन्तिम श्राद्धकर्म गराइयो । कहिलेकाहीँ त त्यस्तो छलपूर्ण कर्मकाण्ड गराउने कामती अनपढ सोझी साइली दिदीकोमा मैले गरेको छु । चण्डीको पुस्तक पढ्दै श्राद्धकर्म ।
(१०) नेपाल जाने रहरमा गृहत्याग:
लघु कौमुदीको निर्धारित पाठ सक्ने समय भए पनि सकिएको थिएन तर हामीलाई अरू जस्तै गरी काठमाडौं गएर पढ्ने रहर जाग्न लाग्यो । यो समय २०२६ भदौको हुनुपर्छ । हामीभन्दा अघिल्लो पुस्ताका सबै जना कोही काठमाडौं, कोही मटिहानी, कोही वनारस गएका थिए । उनीहरू घर आउँदा राम्रो लामो जाँगे, पत्लुन, गन्जी, चप्पल लगाएर टिलिक्क देखिन्थे । प्रायः गुरुबाका शिष्यहरू थिए ती तर पुष्पलाल (साइलो दाजु) र चोलाराज दाहालहरू भने अंग्रेजी पढ्ने भएका थिए । सुरुमा टंकनाथ अर्थात् गुरु दाजुले एबिसी पढाउनुभए पनि जीवनाथ कोइराला आउनुभएर निकै परिश्रम गर्नुभएको थियो अंग्रेजी पढाउन । मैले पनि उहाँबाट एबिसी सिकेको हुँ ।
मास्टर पीताम्बरले पनि गुरुबासँग पढेका होइनन् । उनीहरू ओखलढुंगा स्कुलमा गएका हुन् । चोलाराज काठमाडौंमा आएर र सुरेन्द्रले सेनामा काम गर्दै चितवनतिर अंग्रेजी पढेका हुन् तर बिगुटार, सर्सेपु, सुर्के, राँगादीप, टक्सारका करिब नब्बे प्रतिशतले बिगुटार भाषा पाठशाला र गुरुबासँगै शिक्षाको प्रथम ज्योति प्राप्त गरेका हुन् । विपन्न भए पनि गाउँ छाडेर दुःख गर्नेहरूले भने उच्च शिक्षा प्राप्त गरे । अरूले सचेत नागरिक भएर जीविका गरिरहे । यस समयसम्म हाम्रो टोली निकै ठूलो भएको थियो । ठूलाघरे सुमन दाहाल, महाजन केशव दाहाल, गोपीकृष्ण घिमिरे, केशव घिमिरे, छाप्राली तोयनाथ दाहाल, पैरेली बाबुराम दाहाल, खतिवडाका पीताम्बरहरू रात्रिकक्षामा जोडिएका थिए ।
तर, एउटै टोल भएका कारण नारद र म भने हलगोरु जस्ता थियौँ, त्यसमा साझेदार हुन्थ्यो कलानिधि । नारद र कलानिधि उमेरमा मभन्दा केही थोरै जेठा हुन् । नारद उट्पट्याङ गर्न सिपालु थिए । एक पटक विष्णुप्रसाद (साइला बुकेली जसको स्वर असाध्य मसिनो थियो, असाध्य दुब्लापातला थिए । उमेर त पचास नाघेका हुनुपर्छ) उनीसँग नारदले कुस्ती खेल्ने प्रस्ताव राखे । आठ दश वर्षको केटाले राखेको कुस्ती प्रस्ताव साइलाबालाई रिस उठेछ । लु आइज भन्दै नारदलाई ललकारे र दुई जनाको कुस्ती सुरु भयो । सीताराम दाजुको घर पछाडिको निभाराका फेदमा निकैबेर तानातान भयो र अन्तिममा नारदले वृद्धलाई पछारिदिए । विचरा वृद्ध ढुंगामा पछरिएको हुनाले निकै दिनसम्म ऐ्या गर्दै हिँडेको देखिन्थ्यो ।
नारदले एकपटक वस्तु चराउँदै गर्नुभएका एक्लेबा र सिरानघरे बालाई पनि यस्तैगरी कुस्तीमा हराएका थिए । रमाइलो मानेर हामी हेथ्र्यौं । नारदकै उलामालामा लागेर एकदिन हामीले नेपाल जाने र अरू अग्रजहरूकै जस्तो पढ्ने सल्लाह ग¥यौँ । कलानिधिले त्यति रुचि राखेन । नारद र म भने सल्लाह गरी एकाबिहानै घरबाट भँगालेतिर लाग्यौँ । स्कुले झोलामा अघिल्लै दिन मकै भुटेर राखेका थियौँ अनि चोरेर उसिनेका अलिकति आलु पनि राख्यौँ । दुवै जनाका घरमा पत्तै भएन । सुरुक्क बिहानै कुद्यौँ । सुन्तारे खोला रक्तेपु पुछारमा निकै ठूलो रहेछ, कष्टका साथ तयौँ मध्य वर्षा पानी पर्ने सम्भावना थियो र खोलामा बाढीको खतरा तर हामी नेपाल (काठमाडौं) पुग्ने संकल्पका साथ हिँड्दै थियौँ । हामीसँग छाता र ओढ्ने ओछ्याउने केही थिएन, रहर मात्रै थियो ।
राँगादीपको पाटीमा पुगेपछि खाजा खायौँ । म त यो बाटो एकपटक मात्रै हिँडेको थिएँ, त्यति भेउ थिएन तर नारद भने प्राप्चा फुपूका घरमा धेरैपटक आएको हुनाले बाटोसँग परिचित थिए । घाम चरक्क भए, भोकले भुतुक्क पा¥यो । मकै कति खानु । आलु पनि थोरै थिए, सकिए । विस्तारै मोलुङ सुसाएको सुनियो । जति नजिक पुग्यो कानै खानेगरी खोलाको प्रतिध्वनि सुनिन लाग्यो । शिवदूतीका नामले प्रख्यात यो खोलो एक प्रकारले जीवनदायिनी जति हो त्यति नै वर्षामासमा आतंकको पर्याय हुन्छ । कात्तिकमा पर्ने ठूली एकादशीका दिन फूल तार्ने र बाँसका फड्के हाल्ने चलन छ । त्यसपछि मात्रै अलि सक्षम मानिसहरू जँघारबाट वारपार गर्दछन् । वर्षामासका करिब चार महिना त तर्ने आँट कसैको हुँदैन ।
-क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच