
रौतहट । एक क्विंटल भन्दा बढी लागुऔषध गाँजा र हतियारसहित रौतहटबाट एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिका – १ बंजरहा स्थित रहेको गौर इशनाथ जोड्ने झोलुङ्गे पुलको पश्चिमतर्फ रहेको केरा घारीबाट १ क्विन्टल ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान तथा ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झोलुङ्गे पुलको बाटो हुँदै लागू औषध गाँजा ओसार पसार गरि भारत तर्फ लैजाने तयारी रहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताको कमान्डमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका – ४ बस्ने २१ वर्षीय सावन गिरीलाई १ क्विन्टल ९ किलोग्राम गाँजा र गोली हतियार सहित केरा घारीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताउनु भयो ।
झोलुङ्गे पुलको पश्चिमपट्टी रहेको केराबारीको बिच बाटो हुँदै चार जना पुरुष व्यक्तिहरुले आ–आफ्नो टाउकोमा प्लास्टिकको बोरा बोकी तथा दुइ तीन जना मानिसहरुले बोरा बोकेको मानिसहरुको अगाडि दाँया–वाँया टर्च बाली झोलुङ्गे पुलको दक्षिण तर्फ भारत जाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर टर्च बाल्ने मानिसहरु तथा आ–आफ्नो टाउकोमा बोकी राखेको बोरा फाली उतर तर्फ भाग्ने क्रममा एक जना पक्राउ परेको थियो । उनिहरुलाइ पिछा गर्दै जाँदा ती मानिसहरु मध्ये गिरी भुईमा लडि उठेर निजले बोकेको हतियार फाली पुनः भाग्दै गर्दा निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लगाएको हाफ पाईन्टको बाया तर्फको अगाडीको खल्तीमा गोली बरामद भएको थियो ।
प्रहरीले पक्राउ गरेको गिरीको साथबाट रियलमी कम्पनीको स्क्रिनटच एउटा मोबाइल पनि बरामद गरेको सह प्रवक्ता तथा प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताले जानकारी दिनु भयो ।
लागुऔषध गाँजा र हतियार सहित पक्राउ परेको गिरीलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गरि आवश्यक अनुसंधान भइ रहेको तथा गरिीलाइ लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको रौतहट प्रहरीले जनाएको छ । लागुऔषध ओसार पसारमा पक्राउ परेका गिरीसंगै संलग्न रहेको अन्य ६/७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच