
ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिकामा ब्यक्तिको घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । मोलुङ गाउँपालिका ५, केउरीनी निवासी तेज बहादुर मगरातीको घरमा आगलागी भएको हो ।
मंगलबार राती करिब ११ः४५ बजे घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्राप्चा प्रहरीले जानकारी दिएको छ । स्थानीयबासी र प्राप्चा प्रहरीको सहयोगमा राती २ बजे तिर पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियाे ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाकाअनुसार आगलागीले नगद रु एकचालीस हजार, दुईतोला सुन, अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ । ढुंगामाटोले बनेको ढुंगाकै छानो भएको दुइतले घर जलेर नष्ट भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच