
काठमाडौं उपत्यका वायु प्रदूषणको चापमा नराम्ररी जकडिएको छ । तथ्यांकहरूका आधारमा किटानी गरेर भन्न नसकिए तापनि हालका दिनमा देखिएको प्रदूषणको सिधा तबरले हेर्दा काठमाडौं उपत्यका हाल इतिहासकै सबैभन्दा नराम्रो अवस्थामा पुगेको जस्तो देखिएको छ । हालको प्रदूषण उपत्यकामा मात्र सीमित छैन । देशभरि नै फैलिएको छ । हिमालसम्म तुवाँलो पुगेको छ भन्ने समाचार आइरहेका छन् । काठमाडौंमा तुवाँलोले ढाकेर घाम लागेको छैन, लागेको अवस्थामा पनि मधुरो छ । एक किलो मिटरभन्दा परको दृश्य देख्न नसकिने अवस्था छ । विश्वमा अभिलेख भएका बढी प्रदूषित शहरहरूमा काठमाडौं नै सबैभन्दा अगाडि छ, यो ठूलो चिन्ताको विषय हो ।
प्रजातन्त्र आउनुभन्दा पहिले पञ्चायती व्यवस्थालाई निरंकुश देखाउँदा विभिन्न राजनीतिक पार्टी वा विद्यार्थी संगठनले लाक्षणिक अर्थ लाग्ने गरी नाटकहरू प्रदर्शन गर्थे । त्यसबेला ‘तुवाँलोले ढाकेको बस्ती’ शीर्षकमा पनि नाटक प्रदर्शन गरिन्थ्यो । हो, हालको काठमाडौं उपत्यका त्यही स्वरूपमा प्रकट भएको छ तर लाक्षणिक रूपमा होइन, अभिधा अर्थबोधकै रूपमा भइरहेको छ । बेलाबेलामा आँधीबेहरीका लक्षण देखा पर्छन् तर छिटपुटबाहेक पानी पर्न सकिरहेको छैन । यस वर्षको हिउँद महिना यसरी नै बितेको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम भएर हवाई उडान प्रभावित हुने अवस्था छ । प्रतिकूल अवस्थाले उपत्यकाका बासिन्दा उकुसमुकुसको वातावरणमा बाँच्न विवश छन् ।
भन्न त संविधानले मौलिकहरू अन्तर्गत देशका सम्पूर्ण नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार प्रदान गरेको छ तर प्रकृतिले नै वातावरण प्रदूषित बनाइदिएपछि संविधानमा भनिएको जस्तो वातावरण कहाँबाट पाउने ? प्राकृतिक वातावरण बिग्रनुको कारण मानिसका क्रियाकलाप हुन् तर हिजो–अस्तिदेखिका व्यवहार र कार्यले गर्दा बिग्रिँदै आएको वातावरण हालको एक-दुई दिनको दुई-चारवटा प्रयासले सुध्रिने होइन । हालका दिन अँध्यारा जस्ता भएका छन् । वरिपरिकार डाँडाहरू देखिँदैनन् । दिनप्रतिदिन बिरामीको संख्या बढेसँगै अस्पतालहरूमा चाप बढेको छ । प्रदूषणबाट विभिन्न समस्याका साथै आँखा, नाक, कान, घाँटी, छातीसम्बन्धी बिरामी बढेका छन् । वातावरण नै मानव जीवनलगायत प्राणी तथा वनस्पति प्रतिकूल बनेपछि बिरामीहरूको संख्या बढ्ने नै भयो ।
साथै मुटु, रक्तनली, फोक्सो, मष्तिस्कलगायत प्रत्यक्ष प्रभाव पार्ने भएकाले तत्तत् अंगसम्बन्धी रोग बढेको छ । मौसम पूर्वानुमान विभागले अब भने सामान्य खालको वर्षा हुने बताएको तथा केही संकेत देखिएका छन् । यसो भएकाखण्डमा धुवाँ र धुलोको प्रभाव कम हुने थियो । श्वास फेर्ने हावा केही मात्रामा भए पनि स्वच्छ बन्न पाउने थियो । बुधबार अपहृरान उपत्यकाका केही ठाउँमा हल्का वर्षा भएको छ र यसले गर्दा वायुमण्डलमा भारी मात्रामा भएको धुलो-धुवाँ जमिनमा खसेको छ । तुवाँलोको मात्रा हट्दै जानेछ । उपत्यकावासीलाई थोरैमात्र भए पनि राहतको महसुस भएको छ ।
पानी परेन भनेर पानी पार्नका लागि अध्यात्मवदीहरूले महायज्ञ गर्ने जस्ता हाम्रा विश्वासहरू रहेका छन् । महायज्ञ लगाउने कार्यमा वैज्ञानिकता पनि छ भनिन्छ र यस्ता कार्यलाई अँगाल्ने गरिएको छ । लामो समयसम्म वर्षा नभएकको अवस्था र अत्यधिक मात्रामा फैलिन पुगेको प्रदूषणबाट अब नेपाली नागरिक पानी पर्छ भनेर केही अन्धविश्वासी कार्यमा पनि लाग्लान् भन्ने सम्भावना देखिन लागेका बेला सामान्य वर्षाले प्राणी तथा वनस्पति लाभान्वित बन्न सक्नेछन् । वातावरणविज्ञहरूले यस्तो प्रदूषण केही दिनसम्म रहने बताएका छन् ।
केही दिनसम्म यसको मारमा पर्नुपर्ने अवस्था रहेकै छ । पानी प¥यो भने वनमा लागेको डढेलो निभ्ने र जमिन चिसो रहुन्जेल थप डढेलो नलाग्ने भएकाले सकारात्मक परिणाम दिनसक्छ । सरकार प्रदूषण नियन्त्रण शुल्क उठाउँछ तर त्यो खर्च गर्दैन भनेर आलोचना भइरहेको छ । उपभोक्तहरूबाट पेट्रोल तथा डिजेलमा कर लगाएर त्यस शीर्षकमा अर्बाैं जम्मा गरेको तर उद्देश्य बमोजिम उपयोग नगरेको भनेर आमनागरिकले विरोध गर्दै आएका छन् । सरकारले उपभोक्ताबाट उठाएको शुल्क जुन प्रयोजनमा उठाएको छ त्यही शीर्षकमा खर्च गर्नुपर्दछ ।
खर्च गर्न नसक्नु सरकारको कमजोरी हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले सरोकारवाला निकायलाई जोखिमहरूको निराकरण गर्न निर्देशन दिएको छ । वन तथा वातावरण मन्त्रालय, गृहमन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहलाई यस्तो निर्देशन दिइएको हो । उपयुक्त निर्देशन हो तर ढिला भएको छ । जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबालमा समयमै निर्देशन दिन सकियो भने त्यसले सही परिणाम दिनसक्छ नत्र पाकेको धानमा पानी लगाएको जस्तो अवस्था आउन सक्छ । उक्त विषयका सबालमा सरकार गम्भीर बन्नैपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच