भोजपुर । भोजपुर नगरपालिका वडा सात, कोदार रंगशालामा संचालन भएको मुख्यमन्त्रीकप राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधी जित्दै गण्डकी प्रदेश बिजेता बनेको छ ।
बिहिवार संचालन भएको फाइलन खेलमा घरेलु कोशी प्रदेशलाई लगातार ३–० सेटमा पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो ।
खेलको पहिलो, दोश्रो र तेश्रोे सेट लगातार २५–१७, २५–२२ र २५–१५ अंकले गण्डकी प्रदेशले कोशीलाई पराजित गरेको छ । यस्तै तेश्रो र चौथोका लागि भएको खेलमा सुदुरपश्चिमले बागमति प्रदेशलाई लगातार तीन सेटमा हराउँदै तेश्रो बन्यो भने बागमतिले चौथो पुरस्कारमा चित्त बुझायो ।
प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमशः नगद रु तीन लाख, रु एक लाख ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन । यस्तै तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार सहित मेडल र प्रमाणपत्र पाए । पाँच बिधामा विधागतरुपमा उत्कृष्टलाई नगद दश हजारका साथमा भोजपुरे खुकुरी प्रदान गरिने छ भने सर्वोत्कृष्ठ खेलाडीलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ ।
गत चैत्र २४ गतेदेखि संचालन भएको प्रतियोगितमा मधेस र कर्णाली बाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम पाँच प्रदेशको टिमले सहभागिता जनाएको थियो । बिजेता टिमलाई पूर्वमन्त्री तथा संघीय सांसद सुदन किराती, कोशी प्रदेश राज्यमन्त्री सिर्जना राई, भोजपुर नगरपालिका मेयर कैलाश कुमार आले, रामप्रसाद गाउँपालिका अध्यक्ष थाम बहादुर राई, भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, जिल्ला भलिवल संघका अध्यक्ष बिन्द्र कुमार तामाङ लगायतले पुरस्कार बितरण गर्नुभयो ।
प्रतियोगिताका संचालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्डले रु २० लाख सहयोग गरेको थियो भने जिल्लाका नौ वटा पालिका सहित ब्यक्ति तथा संघसंस्थाहरुले समेत सहयोग गरेका थिए ।
सोहीक्रममा संचार माध्यम मार्फत प्रतियोगिता संचालनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै बिगत २५ बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भोजपुरका बरिष्ठ पत्रकार तथा हिमालय टाइम्सका जिल्ला संवाददाता निरोज कोइरालालाई समेत सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच