
लण्डन । च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा बार्सिलोनाले बोरुसिया डर्टमुन्डविरुद्ध एकतर्फी नतिजा हात पार्दै सेमिफाइनलको ढोका लगभग खोलिसकेको छ । रोवर्ट लेवान्डोस्कीको दोहोरो गोल मद्दतमा डर्टमुन्डलाई ४-० को अन्तरले हराउँदै बार्सिलोना सेमिफाइनलनजिक पुगेको हो । हान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोना पछिल्लो २३ खेलसम्म अपराजित छ ।
यो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने दाबेदारमध्ये एक मानिएको बार्सिलोनाले सन् २०१९ यता पहिलोपटक सेमिफाइनल पुग्ने मौका बनाएको हो । खेलको सुरुवातदेखि नै दबाब बनाएको बार्सिलोनाले पहिलो गोल २५औँ मिनेटमा गरेको थियो । दोस्रो हाफको सुरुवातमै बार्सिलोनाले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो ।
डर्टमुन्डका कप्तान एमरे कानले हारपछि आफूहरूले धेरै सामान्य गल्तीहरू गरेको स्वीकार गर्नुभयो । बार्सिलोनाले अब आगामी मंगलबार जर्मनीको भ्रमण गर्नेछ । सोही दिन सेमिफाइनलमा इन्टर मिलान या बार्यन म्युनिख को विपक्षी हुन्छन् भन्ने सुनिश्चित पनि हुनेछ ।
यसैगरी युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले कमब्याक जित निकालेको छ । ख्विचा ख्वारात्स्खेलियाले च्याम्पियन्स लिगको इतिहासमा दर्ज हुने उत्कृष्ट गोल गर्दै पिएसजीलाई एस्टन भिल्लाविरुद्ध ३–१ को जित दिलाउनुभयो । पार्स डेस प्रिन्स रंगशालामा बुधबार भएको क्वाटरफाइनलको पहिलो लेगमा पिएसजी पछि रहेको अवस्थाबाट ‘कमब्याक’ गर्न सफल भएको हो ।
भिल्लाका मोर्गन रोजर्सले ३५औँ मिनेटमा गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाउन सफल हुनुभएको थियो । तर, पिएसजीले तुरुन्तै प्रतिक्रिया दिँदै १९ वर्षे डेजाइरे डुएको उत्कृष्ट प्रहारमार्फत् बराबरी ग¥यो । दोस्रो हाफ सुरु भएको चार मिनेटमै ख्वारात्स्खेलियाले बक्सभित्रबाट आकर्षक गोल गर्नुभयो । अन्तिम समयमा नुनो मेन्डेसले तेस्रो गोल थपेपछि पिएसजीले दोस्रो लेगका लागि दुई गोलको महत्वपूर्ण अग्रता बनाएको थियो । लिभरपुललाई अन्तिम १६ बाट बाहिर निकालेको लुइस एनरिकेको टोली दोस्रो वर्ष लगातार सेमिफाइनलनजिक पुगेको छ ।
भिल्लाले सन् १९८२ मा उपाधि जितेपछि पहिलोपटक सेमिफाइनल पुग्ने आशा राखेको छ । एनरिके र एमेरिबीचको सन् २०१७ को सम्झना पनि पुनः जागृत भएको छ । पिएसजीले बार्सिलोनालाई पहिलो लेगमा ४-० ले हराएर दोस्रो लेगमा ६-१ ले हार बेहोरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच