
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन प्यानलका अध्यक्ष भुवनसिंह गुरुङ विजयी हुनुभएको छ । म्यानेजमेन्ट प्रालिका सञ्चालक उहाँ यसअघि संघको पूर्व द्वितीय उपाध्यक्ष हुनुहुन्थ्यो ।
लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंँगको तालमेलमा बनेको उक्त प्यानलबाट अध्यक्ष, महासचिवसहित १३ पदमा विजयी भएका छन् भने गेलाल समूहका चारजना विजयी भएका छन् । गेलाल संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष हुनुहुन्छ ।
प्रथम उपाध्यक्षमा सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा वैकुण्ठ पौडेल वैभव, महासचिवमा महेशकुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे डिङ्दोङ, कोषाध्यक्षमा धनु सिंजाली विजयी भएका छन् । सदस्यहरूमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, राज लामा तामाङ, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, विद्यालक्ष्मी बज्राचार्य, सुमनराज पाण्डे रहेका संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच