राजेशको जन्मदिनमा ‘गुन्द्रुक-तिउन’ रिलिज

Read Time = 4 mins

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो ५८औं जन्मदिन मनाउँदै आफू अभिनित नयाँ म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गर्नुभएको छ । झक्तपुरको ससुराली रेष्टुरेन्टमा पत्रकार भेटघाट गर्दै गीतको सार्वजनिक गरिएको हो । सोही कार्यक्रममा अभिनेता हमालको जन्मदिनको उपलक्ष्यमा म्युजिक भिडियो टिमको तर्फबाट केक काटियो ।

कार्यक्रममा ससुराली रेष्टुरेन्टको तर्फबाट पोष्टरमा अभिनेता हमालको १८औं जन्मदिन भनेर लेखिएको थियो । त्यसै प्रसंगमा सञ्चारकर्मीले आज तपार्इंको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भन्नुभयो, ‘म जब १८ वर्ष पुगेको थिएँ त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’

अभिनेता हमालले आफ्नो ५८औं जन्मदिन मनाउनु भएको हो । जन्म दिनकै अवसरमा सार्वजनिक ‘गुन्द्रुक तिउन’ गीतको सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गर्दै हमालले अघि भन्नुभयो, ‘नेपाली मौलिक लोकगीतमा अभिनय गर्ने अवसर पाएँ त्यसका लागि टिमप्रति आभार व्यक्त गर्छु ।’ राजु परियार र करुणा राईको स्वर रहेको गीतमा शब्द र संगीत गोविन्द पराजुलीको रहेको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैंले अभिनय गर्नुभएको छ । गीतमा लगानी पनि करुणाकै रहेको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेयले गर्नुभएको हो ।

गायिका करुणाले आफूले ‘गुन्द्रुक तिउन’सहित अभिनेता हमालसँग तीनवटा भिडियोको काम गर्न पाएको बताउनुभयो । उहाँले आफ्नो सानैदेखिको चाहना पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘मैले कहिल्यै सोचेकी पनि थिइन कि राजेश दाइसँग यसरी भिडियोमा काम गर्न पाउँछु । यो मेरो लागि ठूलो अवसर हो’, गायिका करुणाले भन्नुभयो । ‘राजेश दाइले दिनुभयोको साथ र मायाप्रति सधैं सम्मान छ ।’

यस्तै भिडियोका निर्देशक देवेन्द्र पाण्डेयले सधैं बौद्धिक, सालिन भएरै सबैको मन जित्नुभएका राजेश हमालसँग आफूले यसअघि पनि धेरै कामसँगै गर्न पाएको भन्दै हमालको कामलाई लिएर सम्मान व्यक्त गर्नुभयो । ‘नेपाली चलचित्र क्षेत्रमा अहिले पनि उत्तिकै सक्रिए राजेश दाइ सधैं यस्तै भइराख्नुस् भन्न चाहन्छु । साथै मैले उहाँसँग पछिल्लो समय पनि धेरै सहकार्य गर्ने मौका पाएको छु । उहाँले आफूले गाएको गीतको भिडियो पनि निर्देशन गर्ने मौका पाएँ । त्यो मरो लागि खुशीको कुरा हो ।’ कार्यक्रममा शुभकामना दिनका लागि कलाकार उत्तम केसी (चुँईचुँई पारेर) पनि पुग्नुभएको थियो ।

उत्तमले जन्मदिनको शुभकामना दिँदै आफंैले अभिनेता हमालसँग थुप्रै चलचित्रमा काम गर्ने मौका पाएको जानकारी गराउनुभयो । सार्वजनिक गीतको भिडियो रामकृष्ण चौलागाईले खिच्नुभएको हो भने स्टोरी देवा पौडेलको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?