जय छोरी, जय दुहिता, जय तनया !

बद्रीप्रसाद दाहाल
Read Time = 14 mins

संसारको सृष्टि प्रक्रियालाई विस्तार गर्न परमात्मा वा प्रकृतिले प्राणीहरूमा पुुल्लिंग र स्त्रिलिंग औसत रूपले मिलाएर सिर्जना गरिएको हुन्छ । जल, थल र नभमा चरअचर सबै थरि प्राणीहरू भाले र पोथीहरूकै मैथुन प्रक्रियाका उपज हुन् । हाम्रा पुराण ग्रन्थहरूले प्राणीहरूको वर्गीकरण चौरासी लाख प्रकारको हुने वर्णन गरेका छन् । त्यही आधारमा हालको वैज्ञानिक शोधले सतासी लाख थरीका प्राणी छन् भनेर प्रकाशमा ल्याएको छ । पुनर्जन्ममा विश्वास गर्नेहरूले पूूर्वजन्मको कर्मानुसार प्राणीहरूको सृष्टि र विनाश हुन्छ भन्ने मान्यता राख्दछन् ।

मानिसहरूको मृत्युु वा लय हुने समयमा जस्तो सम्झना वा चित्र अगाडि आउँछ त्यस्तै भएर अर्को जन्ममा पुगिन्छ भन्ने आस्था छ । हाम्राआद्य शंकराचार्यले ‘पुुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनं’ भनेर प्राणीहरू जन्म र मृत्युको चक्रमा घुुमिरहने तर मान्छे भएर जन्मेपछि असल काम गर्नसके मुुक्ति मिल्ने अनि जन्म तथा मृत्युुको टण्टामा घुम्न नपर्ने भनी प्राणीहरूमा मानव जीवनलाई उपल्लो चेतन बिम्बको रूपमा दर्ता गरिदिएका छन् ।

सबै प्राणीहरूमा मान्छे विवेक तथा चेतना बोक्ने जीव भएको हुँदा सृष्टि क्रमलाई व्यवस्थित र मर्यादित बनाउँदै मुुक्तिमार्गको यात्रातिर पुुग्न शास्त्रहरूले निर्देश गरेको छ । त्यसै भएर चार पुरूषार्थ धर्म, अर्थ, काम र मोक्ष मान्छेले सन्तुुलनसाथ अगाडि बढाउनुु पर्ने कारण यही हो । तर, विडम्बना ! मत्र्यजगत् अधिकांश यो कुरा भुलेर आजभोलि पूरै चार्वाकका चेला उपचेला कोरोनाका जाति, प्रजाति र उपजातिझैं बेस्मारी झांगिएका छन् । आधुनिक समयमा लैंगिक समानताको जतिसुकै डङ्का पिटे पनि छोरा र छोरीमा विभेदको खाडल पुर्नै नसक्ने छ । हाम्रा आहानबाजहरूले छोरीमैत्री टुक्का र विमैत्री उखान हुरलधुरल पारेर पस्किदिएर संसारीहरूलाई चित्त बुुझाउने, मन रूवाउने, हँसाउने सबै थोक बनाएका छन् ।

ल हेर्नोस् त कहावतका झुप्पा :- ‘छोरीको जातलाई माइतका कुकुर पनि प्यारो । छोरीका लागि सबै माइती, कुकुरका लागि सबै मालिक । छोरी कुटी बुहारी तर्साउनूू । छोरीको काम खानु भनेको बाच्छाको भाग दूध चोरेर खाएजस्तै हो । छोरीको जन्म हारेको कर्म । छोरीको जात अर्काको भित्तो टाल्ने । छोरीको जात भिजाएको चामल । छोरीको जात पराइको हात । छोरीको जात बन्साको बोट । छोरीको नाता पातको । छोरीको बखेडा जितौँला नभन्नु, छोराको बखेडा हारौँला नभन्नु । छोरीको बाउले मुख थाम्नुु पर्छ । छोरीको बिहे पनि भयो आफ्नो दाहिने हात पनि भाँचियो । छोरीको बैँस बाबुले होइन अरूले देख्छन् । छोरीको भलो चाहनेले ज्वाइँको जय बोल्नू । छोरीको सुख खानु अगाडि, छोराको पछाडि ।

व्यावहारिक अभ्यास र अनुुभूूतिबाट खारिएका पाकापाकीका भुक्तभोगी सूूत्रहरू कति मर्मस्पर्शी पेचिला र तेजिला छन् त ? छोरी चेली भनेको अर्काको घर जाने जात । छोरी दुुई दिनको पाहुना । छोरी जन्माएपछि अन्माउनुुपर्छ । छोरी जन्मे ज्वाइँलाई, छोरो जन्मे बुुहारीलाई । छोरी ठूली भए बिकाउन गाह्रो, छोरो ठूलो भए फकाउन गाह्रो । छोरी पाउँदा घर रित्तो, सल्लो बाल्दा चुला रित्तो । आदि लोकोक्तिहरू प्रसंग र सन्दर्भअनुसार ट्वाक्क-ट्वाक्क व्यवहारमा प्रयोग हुँदा घतिला बन्छन् कथनहरू । आफैंबाट जन्मिएकीले आत्मजा, दूरे हिता अर्थात् टाढा दिन हित वा भलाइ हुने भएर दुहिता भनी सम्बोधन गरिएको पनि भन्छन् । सूूनुु, सुता, तनया, पुत्री, दुहित्री आदि पनि छोरीकै अर्थ दिने शब्द हुन् ।

पूूर्वीय संसारमा सन्ततिहरूमा आनुुपातिक रूपले हेर्दा पितामाताप्रति अत्यन्त चोखो प्यार र आदर छोराभन्दा छोरीहरूबाटै पाएको देखिन्छ । छोरीलाई ऐश्वर्य र धनधान्यकी देवीको रूपमा पनि चित्रण गर्छन् बुज्रुकहरूले । त्यसैले छोरी जन्मेको उपलक्ष्यमा कयौं धर्मभीरूहरू लक्ष्मीको आगमन भएछ भनेर धन्यवाद ! बधाई ! पनि दिन्छन् मातापितालाई । नारीको गरिमा उचाल्दै मनुले भनेका छन्:- ‘यत्र नार्यस्तु पूूज्यन्ते रमन्ते तत्र देवता । यत्रैतास्तुु नपूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः ।।’

अर्थात् जहाँ नारीको पूूजा, आदर, सम्मान, समानता र अवसर प्रदान गरिन्छ त्यहाँ देवताहरू पनि प्रसन्न हुुन्छन् । जहाँ नारीलाई पूूजा वा मान्यता दिइँदैन त्यहाँ सबै कामहरू असफल हुन्छन् । अझ जोड दिँदै भनिएको छ- यथा हृयेकेन चक्रेण रथस्य नगतिर्भवेत् । रथलाई हिँडाउन वा हाँक्न एउटा पांग्र्राले काम गर्दैन, त्यसैगरी संसाररूपी रथ हाँक्न पुरुष र महिला नमिली सुखै छैन । यसै सन्दर्भमा हिन्दीको एक शायरी याद आयो ‘दुनियाँ की पहचान है औरत, हर घर की जान है औरत । बेटी, बहन, मा और पत्नी बनकर, घर घर की शान है औरत’ ।

कतिपय लेखक र कविहरूले नारी अस्मिताको चुरो छामेर भनेका छन् :- ‘हजारौं फूूल चाहिन्छ एउटा माला बनाउन, हजारौं दीप चाहिन्छ एउटा आरति सजाउन । खर्बौं बुँद चाहिन्छ एउटा समुद्र बनाउन, तर एउटी स्त्री काफी हुन्छ घरलाई स्वर्गझैं बनाउन’ । कत्रो महत्व छ संसारमा नारीतागतको ! तर जो लेख्छौं बोल्छौं र संविधान, ऐन, नियम, उपनियम बनाउँछौं सबै व्यवहारमा प्रयोग गर्न नचाहने भाले चिन्तनले न्याय मरेको छ, विवेक हराएको छ, मानवता ओइलाएको छ । नाराहरू थारा र पानीविनाका धारा बनेका छन् ।

नेपालको संविधान २०७२ ले महिला हिंसा रोक्नका लागि समावेशी सहभागिता, महिला प्रतिनिधिको व्यवस्था, राष्ट्रिय महिला आयोग, आदि आदिको व्यवस्था त गरेको छ तर दिनलाई नै रात पार्ने गरी घटेका दुुर्दान्त हिंसाका घटनाले वर्षौं न्याय पाउन नसकेर सरोकारवालाहरूको आत्मा तड्पिरहेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त, सुुदूूरपश्चिमकी भागीरथी र वीरगञ्जकी मुस्कान खातुुनलगायत हजारौं नारीहरू अन्यायको रापले सेकिएका छन् देशमा कति सरकार आए गए तर हिंसाका घटना किनारा लाउन सकेको छैन वा त्यस्ता घटनामा सरकारहरू उदासीन छन् ।

यो नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको चरम उपहास होइन र ? राजनीतिक रूपमा संविधानले गाउँ र नगर तहमा अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख महिला हुनुपर्ने व्यवस्था किटान गर्दा गर्दै पनि कथित गठबन्धनको नाममा संविधानलाई नै मिच्ने भाले नेताचिन्तन यसपालि देख्नुसम्मै देखियो । पहुँच भएका बाहेक अन्य महिला कार्यकर्ताको उम्मेदवारी विगतको भन्दा पनि कम भएको गुनासो व्यापक रूपमा छ ।

महिलामाथिको शारीरिक, मानसिक, सांस्कृतिक, राजनीतिक, बौद्धिक, बेचबिखन, बहुविवाह, बालविवाह, बोक्सीको आरोप आदि शोषणले नारी गौरवलाई रौरवतिर धकेलिरहेको छ । यो भयकारी कराल अवस्थाले महिला हिंसा उन्मूलनका आकर्षक नारा, ब्यानरसहितको सडक जुलुस, अन्तक्र्रिया, गोष्ठी र प्रवचनहरू निश्चित टाठाबाठाको हरियो डलर संग्रह गर्ने नौटंकीमात्र भएको देख्दा कुन विवेकीका आँखा आँसुले टल्पल हुँदैन र ? कुन मानवतावादीको हृदय विदीर्ण बन्दैन र ! घरेलुु हिंसाका दर्दनाक र शर्मनाक घटनाले सिंगो नारीसमूहभित्र र बाहिर सबैतिर असुरक्षित हुने ग्राफ बढ्दो छ । देख्खल तथ्यांक करिब दिनको दस जना महिला बलाकृत भइरहेका छन् ।

विगत पाँच वर्षको अवधिमा हजारभन्दा बढी नारी बलात्कारका निशान बन्न पुुग्नुु झन्नै चार हजार बलात्कारको प्रयासबाट प्रताडित हुने थितिले हाम्रो समाज कसरी अपराधीकरणमा गाँजिएको छ भन्ने स्पष्ट हुुँदै गएको देख्छौं । ६५ हजारभन्दा बढी घरेलुु हिंसाको चपेटामा परेको घटना दर्ता हुनु निश्चय नै सोचनीय छ अदेख्खल वा बाहिर नल्याइने हिंसाका फेहरिस्त कति होलान् । अहिलेको तथ्यांकअनुसार महिलामाथिको हिंसा पचास प्रतिशतभन्दा बढी जीवन साथीबाटै हुनुु, बीस प्रतिशत परिवारका सदस्यहरूबाट, अठार प्रतिशत छिमेकीबाट, सात प्रतिशत आत्मीयजनबाट हुनुु चरम विशादको विषय हुन गइरहेको छ । कतै हाम्रो समाज नै अपराधीकरणको जालोमा त बेरिँदै छैन ? प्रश्नहरू घोचा बनेर उभिएका छन् हामीप्रति औंला ठड्याउँदै ।

नारी अस्तित्व र अस्मितालाई उचाल्न भाले कामुुकताको छाडापनलाई लगाम लगाउन पर्छ भने सानैदखि नैतिक शिक्षा दिनुु अनिवार्य छ । अपुुग भएका कानुनका धारा थपेर दण्डविधान कडा बनाउन पनि सरकार जागरूक हुनुपर्छ । अनैतिक बलात्कारी जथ्थालाई सामाजिक रूपमा बहिष्कार गर्ने, लागूपदार्थको नियन्त्रण, अत्याधुनिकताको नाममा भित्रिएका नग्न फेसनमा नियन्त्रण, अराजक सञ्चार र सञ्ञ्जालको नियमन, हदै अश्लील चलचित्र, भिडियो, छाउपडीजस्ता अन्ध प्रथा, युुटुुबका यौनोत्तेजक सिरियलहरूको शमन हुुनुुपर्छ ।

देशमा रोजगारीको व्यवस्था, भाले कुचिन्तनको दम्भी मानसिकताको परिसीमन व्यवहारमा देखाउने सामथ्र्य सरकारमा हुनै पर्छ नत्र सरकारको बागडोर सम्हाल्नेहरू निकम्मा र मात्र सत्तालोलुपमा दरिने छन् । अनि त हिन्दीको यो सूक्ति सबै नागरिकको दिल दिमागमा गुरुमन्त्र बनेर झंकृत हुँदै कार्यरूपमा उत्रिने छन् :
नारी एक मा है, उसकी पूजा करो ।
नारी एक बहन है उसकी स्नेह करो ।
नारी एक भाभी है, उसकी आदर करो ।
नारी एक पत्नी है उसकी प्रेम करो ।।
यसैले सबै मिलेर दिलदेखि पवित्र मनले भनौं : जय छोरी, जय दुुहिता, जय तनया ! ! !
समाप्त ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
इन्दिरा अर्याल
इन्दिरा अर्याल
2022-06-19 11:03 am

यो भन्दा राम्रो नारिबादी लेख हुन सक्दैन , लेखक को खारियेको बौद्धिकता यथार्थ दृस्टी को अत्यबस्यक सुन्दर सृष्टिको रुपमा रचना जन्मियेको छ ! अन्त्यका हिन्दी शब्द लाई नेपाली मा नै लेखियेको भये सुन मा सुगन्ध हुने थियो । बधाई ! छ दाइ

रिलेटेड न्युज

छुटाउनुभयो कि ?