धनगढी । महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपाललाईं सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तीन महिला क्रिकेटर गृहनगर धनगढीमा सम्मानित भएका छन् । धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले नेपाली टोलीमा रहनुभएका धनगढीका कविता कुँवर, ईश्वरी विष्ट र रुवि पौदारलाई बिहीबार सम्मान गरेको हो । ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाईं सम्मानपत्र र मायाको चिनोसहित सम्मान गर्नुभयो । सम्मान ग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डिसिएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो ।
मुख्य अतिथि अन्ड्रुले राष्ट्रिय खेलाडीहरू देशको गहना भएको र खेलाडीलाई सम्मान गरेकोमा डिसिएलाई धन्यवाद ज्ञापन गर्नुभयो । गत हप्ता भएको प्रतियोगितामा थाइल्याण्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
डिसिएले अन्तर्राष्ट्रिय खेलाडीहरूलाई शतप्रतिशत निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ । साथै सबै महिला खेलाडीहरूलाई निःशुल्क प्रशिक्षणको व्यवस्था छ । डिसिएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरू प्रशिक्षणरत छन् । डिसिएले महिला खेलाडीको विकासका लागि प्रिन्सेस कप क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको छ । सम्मान कार्यक्रममा डिसिएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपानेलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच