असोज १४ गतेदेखि सोनापुर सेयर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले असोज १४ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्रीपछि सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी तीन अर्ब सात करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् एक अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरका एक करोड २३ लाखभन्दा बढी कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीयलाई अंकित मूल्य एक सय रुपैयाँमा एक सय २५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय २५ रुपैयाँमा १५ लाख ३७ हजार पाँच सय २५ कित्ता बिक्री गरेको थियो । तर, एक लाख ३४ हजार पाँच सय २० कित्ता सेयरमा रितपूर्वक आवेदन परेको थियो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख १६ हजार पाँच सय ६८ कित्ता, सामूहिक लगानी कोषलाई छ लाख आठ हजार दुई सय ८४ कित्ता र कर्मचारीलाई छ लाख आठ हजार दुई सय ८४ कित्ता सेयर बिक्री गरिसकेकोमा दोस्रो चरणमा अंकित मूल्य एक सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा सर्वसाधारण लगानीकर्तालाई ९७ लाख ३२ हजार पाँच सय ४४ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीका अनुसार न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?