पोखरा । पोखरामा यही मंसिर ७ गते (बिहीबार)बाट सुरु हुने प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन एकेडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
मंसिर १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दुई टिम गरी १२ टिमको सहभागिता रहनेछ ।
समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो, समूह ‘बी’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो एकआपसमा भिड्नेछन् ।
उपाधि विजेताले नगद पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीयले पुरस्कार दुई लाख पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ द सिरिजले ३० हजार नगद रुपैयाँ, बेस्ट ब्याटर र बलरले जनही २०÷२० हजार रुपैयाँ र म्यान अफ द म्याचले पाँच हजार प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नका लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी गराउनुभयो ।
एकेडेमीले अनुशासित, राष्ट्रप्रेमी, मिहिनेती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरू आयोजना गरिरहेको जानकारी दिँदै अध्यक्ष आचार्यले यस प्रतियोगिताले खेल पर्यटनमार्फत् यस क्षेत्रको खेल विकाससँगै आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
सन्दीप बागमतीको कप्तान
बागमी प्रदेशले नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा केपी ओली कप टी-२० प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । सिनियर टोलीका सन्दीप र प्रतिश जिसीलाई समेट्दै बागमतीले टोली घोषणा गरेको हो । बागमतीमा नेपाली टोलीबाट खेलिसक्नुभएका पूर्वक्रिकेटर इशान पाण्डे पनि हुनुहुन्छ ।
बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाएकोमा त्यसबाट छनोट गर्दै १४ जना घोषणा गरेको हो । सन्दीपले २०२१ को इपिएलपछि पहिलोपटक घरेलु क्रिकेट खेल्न लाग्नुभएको हो । त्यसबेला उहाँले काठमाडौं किंग्स ११ को कप्तानी गर्नुभएको थियो ।
बागमतीको टोलीमा सन्दीप लामिछाने (कप्तान)सहित शुभ कंसाकार, आशुतोष घिरैया, रित गौतम, गौरव खड्का (विकेटकिपर), रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सुवास खत्री, प्रतिश जिसी, रामनरेश गिरी र दिपेश श्रेष्ठ रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच