
काठमाडौं । मानव पुस्तकालयको १८औं शृंखला शनिबार सम्पन्न भएको छ । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारामा आयोजित कार्यक्रमको सभापतित्व मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष हरिभक्त सिग्देल महेशको सभापतित्वमा सम्पन्न भएको हो । कवि कलानिधि दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पूर्वराजदूत डा.निरन्जनमानसिंह बस्नेत तथा नेपाल प्रहरीका पूर्वनायव निरीक्षक तथा अनुसन्धान विज्ञ हेमन्त मल्ल रहनुभएको थियो ।
मुक्तिनाथ दर्शन साहित्य समाज तथा नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र आयोजक रहेको उक्त कार्यक्रममा मानवपुस्तक बस्नेतले आफ्नो बाल्यकाल, शिक्षादीक्षा र आफू राजदूत भएर काम गर्दाका अनुभवहरू बताउनुभएको थियो । उहाँले वर्तमान राजनीति तथा कूटनीतिका विषयमा पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
यसैगरी नेपाल प्रहरीका पूर्वप्रहरी नायव निरीक्षक तथा अनुसन्धान विज्ञ हेमन्त मल्लले नेपाल प्रहरीको अनुसन्धान विभागमा बसेर काम गर्दाका अनुभवहरू सुनाउनु भएको थियो । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपालको वर्तमान अवस्था, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भावना र नेपाल दुई ढुंगाबीचको तरुलमात्र होइन इस्पात जस्तो भएर रहनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले आफ्नो रचना वाचन पनि गर्नुभएको थियो ।
कार्यक्रममा महेश रिजाल, दुर्गा अधिकारी भमरकोटे, रामचन्द्र दाहाल, सुवासचन्द्र पौडेल, विनोद दाहाल वत्स, मेनुका आचार्य दंगाल, सुन्दर खड्का, राजेन्दू बर्तौला, राजेन्दू भट्ट, सुशीला शर्मा धमला तथा कल्पना दाहालले आ-आफ्ना रचना वाचन गरेर सुनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच