विदेशी मुद्रा अपचलन गर्ने पौडेलविरुद्ध मुद्दा

Read Time = 2 mins

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरेको छ । कुश्मा-१ पर्वत स्थायी घर भई हाल काठमाडौं-२२ सामाखुशी बस्ने गणेश पौडेलले विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम ल्याई नेपालमा विभिन्न व्यक्तिलाई भुुक्तानी दिएको देखिएकाले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा अपनाएको देखिएको, विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बराबरको रकम नेपालतर्फको भुक्तानी फरफारक गरेको देखिएको, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएको नदेखिएकोसमेतका प्रमाणबाट पौडेलले विदेशी विनिमय अपचलन गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागको भनाइ छ ।

विभागले गणेश पौडेललाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४ र ९ ग विपरीतको कसुरमा जम्मा बिगो आठ करोड २३ लाख २६ हजार आठ सय छ रुपैयाँ कायम गरी सोही ऐनको दफा १७ (१) र दफा १९(९) बमोजिम सजाय मागदाबीसहित मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?