
काठमडौंमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाल-भारत संस्कृत सम्मेलनले संस्कृत भाषालाई सफ्टपावरको रूपमा उपयोग गर्ने कुरालाई लिखित रूपमा स्मरण गराएपश्चात नयाँ चिन्तन (व्यावहार प्रारम्भ हुने देखिएको छ । सफ्ट पावर (सौम्य शक्ति) अन्तर्राष्ट्रिय राजनीतिमा प्रभावशाली तथ्यका रूपमा स्वीकारी उपयोग हुँदै आइरहेकाले महत्व पाउनु स्वाभविकै हो । ‘नेपाल तथा भारतको भूमि संस्कृत भाषा, साहित्य, ज्ञान-विज्ञान आदि भनेको विषयवस्तुहरूको उद्गमस्थल भएको तथ्य सबैमा जानकारी छ । यसरी हेर्दा नेपाल-भारत दुवैको सामरिक र साझा सम्पत्तिका रूपमा संस्कृत भाषा रहेको स्पष्ट हुन्छ’ भन्ने भनाइ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिबाट स्पष्ट हुन्छ ।
सफ्टपावर र अमेरिकी विद्वान् जासेफ नाई : सर्वप्रथम सफ्टपावरको शब्द सिर्जना हावर्ड विश्वविद्यालयका तत्कालीन प्राध्यापक जोसेफ नाईले गरेको पाइन्छ । विना कुनै शुल्क तिरेर धाकधम्की प्रयोग गरेर सित्तैमा कसैलाई आकर्षित गर्नसक्ने शक्ति नै सफ्टपावर हो भन्दै अमेरिकी सफ्टपवरको प्रभावकारितालाई बुझ्ने र बुझाउन सकेका थिए । डिभी चिठ्ठा, हिँडेर अमेरिका पुग्ने चाहना हावर्डमा पढने इच्छा वा हलिउड फिल्मप्रतिके आशाक्तिबाट सफ्टपावरको प्रभावलाई बुझ्न सकिन्छ । यो शक्ति कुनै सैन्य शक्तिभन्दा सस्तो तथा कतिपय अवस्थाम उल्टै आमदानी दिने किसिमको हुन्छ ।
संस्कृत भाषा र नेपाल : समग्र नेपालको शिक्षा जहानीयाँ राणा शासनको समाप्तिपश्चात् क्रमशः अगाडि बढेकाले संस्कृत शिक्षाको औपचारिक पठन-पाठन विसं २००७ पछि मान्नुपर्दछ । काशीमा गएर संस्कृत भाषा अध्ययन गरी धार्मिक कार्यलाई थाम्ने शिक्षाकै आधारमा अभ्यासमा रहेको संस्कृत शिक्षा गुरुकुल, कलेज हुँदै महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापनापश्चात संस्थागत हुन सकेको देखिन्छ । तीनधारा संस्कृत पाठशाला, रानीपोखरीबाट संस्कृत शिक्षाका साथै प्रजातन्त्रका लागि अगुवाइ गरेको इतिहास गौरवपूर्ण छ । हिमवतखण्डको नेपाल भूमिमा आधुनिक शिक्षासँगै विद्यालयहरूमा रहेको अनिवार्य संस्कृत शिक्षा नयाँ शिक्ष योजना विसं २०२५ पश्चात हट्न पुग्दा मृतभाषाको कोटिमा पुग्दै छ ।
समतामा विश्वविद्यालयले भारत सरकारको शिक्षा मन्त्रालयसँग नजिकको समन्वयमा काम गर्दछ । संस्कृत भाषा र साहित्यले भारतमा अधिकांश भाषाको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । विदेशमा पनि यसले महान् भारतीय संस्कृतिको जग खडा गरेको छ । यसको क्षितिज अनादि कालदेखि अनादिकालसम्म फैलिएको छ ।
संस्कृत भाषालाई यस सम्मेलनमार्फत सफ्टपावरका रूपमा बुझ्ने र प्रयोग गर्ने भन्ने कुराले कमजोर नेपालले कसरी लाभ लिन सक्छ ? छलफलको विषय बन्नेछ । सफ्टपावर संस्कृत र भारतीय तयारी ! तीनवटा संस्था आयोजक रहेकोमध्ये कन्द्रीय संस्कृत विश्वविद्यालय नई दिल्लीको परिचयमा उल्लेख गरिएको कुराहरूले भारतीयहरूको तयारी उच्च र स्पष्ट रहेको पाइन्छ । भारतको नयाँदिल्लीमा रहेको केन्द्रीय संस्कृत विश्वविद्यालयले विश्वको सबैभन्दा ठूलो र एकमात्र बहु क्याम्पस भाषा विश्वविद्यालय भएको अद्वितीय गौरवप्राप्त गरेको छ । केन्द्रीय संस्कृत विश्वविद्यालयलाई भारत सरकारको संस्कृत सम्बन्धित नीति, योेजना कार्यान्वयन गर्ने मोडल एजेन्सीको रूपमा काम गर्ने विशेषाधिकार छ ।
त्यो समतामा विश्वविद्यालयले भारत सरकारको शिक्षा मन्त्रालयसँग नजिकको समन्वयमा काम गर्दछ । संस्कृत भाषा र साहित्यले भारतमा अधिकांश भाषाहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । साथै विदेशमा यसले महान् भारतीय संस्कृतिको जग खडा गरेको छ । यसको क्षितिज अनादिकालदेखि अनादिकालसम्म फैलिएको छ । अरू संस्कृतले प्राचीन भारतको अद्वितीय सांस्कृतिक सम्पदाको भण्डारको रूपमा सेवा गर्दछ ।
यतिमात्र होइन, विशाल सामाजिक, भौगोलिक र सांस्कृतिक विविधताले भरिपूर्ण यस महान् भूमिको एकता सुनिश्चित गर्ने सबैभन्दा बलियो र स्थायी शक्ति संस्कृत छ । संस्कृत सफ्टपावरको सबैभन्दा प्रमुख स्रोत हो जुन भारतले आज विश्वमा प्रयोग गर्दछ । संस्कृतले प्राचीन विज्ञानको सैद्धान्तिक आधार प्रदान गर्दछ तसर्थ संस्कृत भाषा र साहित्यको संरक्षण, प्रचार-प्रसारलाई भारतको चौतर्फी विकासका लागि सर्वोपरि मानिन्छ । एवं प्रकार स्पष्ट ढंगले संस्कृत भाषालाई सफ्टपावरका रूपमा विश्वमा प्रयोग गररहेको छ भन्ने भनाइले नेपाली विद्वान र संस्कृत विश्वविद्यालयलाई उतप्रेरित गर्दछ ।
सफ्टपावर र नेपाली पहल : संस्कृत भाषा झैँ सनातन धर्म संस्कृति पनि सफ्टपावरका रूपमा बुझ्दै हामी नेपालीहरूले भारत भूमिमै गएर ऐतिहासिक प्रयोग सन् १९८७ अन्तर्राष्ट्रिय शान्ति वर्षको अवसरमा गरेका थियौं । शीतयुद्धको चरम उत्कर्षमा संयुक्तराष्ट्र संघले सन् १९८७ लाई अन्तर्राष्ट्रिय शान्ति वर्ष घोषणा गरेकाले शीतयुद्ध समाप्त गर्न सहयोग पुगेको थियो । ब्राहृमणहरूद्वारा एक महिना व्यापी विश्वशान्ति महायज्ञ सफल पार्न सफल भयौं । हिन्दु अधिराज्य नेपालप्रतिको भारतीय आस्था सनातन धर्म र विश्वशान्तिको कामना तथा सिद्ध वैदिक साधना पद्धतिको कारण नेपालीहरूले आयोजना गरेको ऐतिहासिक विराट महायज्ञ सम्पन्न गर्नुका साथै शीतयुद्ध समाप्त गर्न सफल भयौं । एक वर्ष विन्ध्याचल विन्ध्यावासिनी यज्ञस्थलमै रहेर संयोजन गरेकाले सफ्टपावरका रूपमा बुझ्न र नेतृत्व गर्न सफल भयौं ।
सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाइल गोर्भाचोभद्वारा ‘पेरेस्तोइका’ र ‘ग्लास्तोनोभ’ सुधार नीति ल्याई कम्युनिष्ट प्रणालीबाट प्रजातान्त्रिक प्रणालीमा रूपान्तरण गराउनाले सोभियत अन्य राज्यहरू पनि स्वतन्त्र हुन गई शीतयुद्धको स्थिति अन्त्य हुन गएको थियो । नेपालीहरूले भारतमा गएर ऐतिहासिक आयोजना गर्न पाउनु, सहयोग पाउनु, तथा सिद्ध साधनद्वारा कसैले नचिताएको शीतयुद्ध समाप्त गर्न सक्नु सफ्टपावर र सिद्ध साधनाको प्रतिफल थियो । हावर्ड विश्वविद्यालयका प्राध्यापक तथा कूटनीतिज्ञ स्यामल पी हेटिङटनहरू जस्ताले शीतयुद्ध शान्तिपूर्ण तरिकाले समाप्त भएकोप्रति आश्चर्य व्यक्त गरेका थिए । शीतयुद्धको समाप्तिपश्चात सभ्यताबीचको युद्ध हुने भन्दै ‘क्ल्मासेस अफ सिभिलाइजेन एण्ड मेकिङ द न्यू वल्ड अर्डर’ पुस्तक लेखेका थिए ।
द्वन्द्वकाल र नेपाली प्रयास माओवादी रक्तपातपूर्ण द्वन्द्व समप्त गर्न ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिमा’ अनुसन्धान पनि सफ्टपवरको प्रयोग थियो । राष्ट्रिय रूपमा माओवादी नेतृत्वलाई आश्वस्त पार्न सक्नुका साथै अन्तर्राष्ट्रिय जगतलाई आकर्षित पार्न सफल रहेको थियो । विश्वमा आयोजना गरिएको शान्ति सम्मेलनमा नेपाली धार्मिक क्षेत्रलाई पनि समावेश गराउने वातावरण बन्न गयो । एशियाली शान्ति सम्मेलन च्याङमई, थाइलैण्ड सन् २००७ बाट प्रारम्भ भएको अन्तर्राष्ट्रिय सहभागिता सन् २००८ बैंकक, सन् २०१० ढाका, २०११ ढाका, २०१२ जापान, २०१४ भारत, २०१५ भारत, २०१७ दक्षिण कोरिया उल्लेखनीय थिए ।
भारत र नेपालका सनातनीहरूका घरमा हरेक दिन गरिने संकल्पमा आर्यावर्तको पनि उच्चारण हुने हुँदा दैनिक संस्कारकै रूपमा मानयता पाएको छ । नेपाल-भारतका बीचमा खुला सीमा रहेकाले हिन्दमहासागर र उत्तर हिमालयसम्मको साझा सुरक्षाको ग्यारेन्टी यसले गर्नेछ ।
भूराजनीति र आर्यवर्त : दुई ढुंगाबीचको तरुलका रूपमा नेपाललाई बुझ्ने दृष्टिकोण कनेक्टिभिटीको अवधारणासँगै परिवर्तन खोजिरहेको अवस्थामा छ । भारत र चीन दुई विशाल छिमेकीका बीचमा रहेको नेपाल अमेरिकालगायतको पश्चिमी प्रभावलाई पनि व्यवस्थापन गर्नुपर्ने अवस्थाले सन्तुलित र प्रभावकारी रणनीतिक सिद्धान्तको आवश्यकता सबैलाई खटिरहेको अवस्थामा यस पंक्तिकारले ‘इण्डोपेसिफिक र आर्यावर्तका रणनीतिक क्षेत्र’ विनायक लेखमार्फत नयाँ अवधारणा प्रस्तुत गरेको थिए । साथै निम्न लेखहरूमार्फत नेपालको सफ्टपावरलाई अभ्यासमा ल्याउने प्रयास छलफलका विषय बनिरहेका छन् ।
१) नयाँ विश्वव्यवस्था : यथार्थ कि चर्चा
२) सभ्यता, सम्वाद र राममन्दिर
३) जी २० आर्यावर्त र स्वराज्य
४) रामायण र नेपाल
५) स्वराज्यमा रामराज्य
६) ऋषि भारद्वाज, रामायण र कुलपूजा
७) चीनमा एशियली सभ्यता समवाद
८) वैदिक स्वराज र आर्यावर्त
९) पशुपतिनाथ र विश्वव्यवथा
१०) श्री विन्ध्यावासिनी शास्त्र र साधना
सफ्टपावरका रूपमा नेपालको गौरव र प्रभाव बढाउने लेख–अनुसन्धान, साधना र अभियानहरू अन्तर्राष्ट्रिय नेपाल–भारत संस्कृत सम्मेलनका लागि पनि उपयोगी रहेका छ्न् । नीति अनुसन्धान प्रतिष्ठान नेपाल र इण्डिया फाउण्डेशन जस्ता थिंकटैंक संस्थाहरू समेत आयोजक रहेकाले सफ्टपावरका आधार पहिल्याउँदै दिगो शान्ति र समृद्धिमा यस क्षेत्रलाई पु¥याउने छन् । सफ्टपावर र ट्रयाक र डिप्लोमेसीको सफलतम् प्रयोगबाट साना मुलुकले अखण्डताको रक्ष तथा आर्थिक समृद्धि हासिल गर्न सक्ने हुँदा यो सम्मेलनले त्यसका लागि अवसर प्रदान गरेको छ ।
हिमवतखण्ड र नेपाल : अस्त्युत्तरस्यां दिशि देवतात्म हिमालयो नाम नगाधिराजः पूर्वीपरौ तयोनिधि बगध्य स्थितm पृथिव्या इव मानदण्डः हिमालयको गाथा गाउने कवि कालिदासदेखि ऋषिमुनि र देवताहरूको बासस्थान रहेको हिमवतखण्डका कारण नेपालको स्थान शीर्षस्थानमा रहेको छ । पूजनीय बन्ने आधारहरू भएका कारण सफ्टपावरका रूपमा प्रभावकारी छन् । हिमालयदेखि समुन्द्रपर्यन्तको अवधारणा जनाउने ‘आर्यावर्त’ का कारण नयाँ रणनीतिक अवधारणा पनि अभ्यासमा आउन सक्नेछ । आर्यावर्त ! पूण्य भूमिमध्ये विन्ध्यहिमालयो भन्ने अमरकोषको कथन चिनियाँ वेल्ट एण्ड रोड इनिसियटिभ तथा अमेरिकी इण्डोपेसिफिक स्टाटेसीको समानान्तर सांस्कृतिक रणनीतिक कार्यक्रम बन्न सक्ने छ ।
भारत र नेपालका सनातनीहरूका घरमा हरेक दिन गरिने संकल्पमा आर्यावर्तको उच्चारण हुनेहुँदा दैनिक संस्कारकै रूपमा मानयता पाएको छ । नेपाल-भारतका बीचमा खुला सीमा रहेकाले हिन्दमहासागर र उत्तर हिमालयसम्मको साझा सुरक्षाको ग्यारेन्टी यसले गर्नेछ । विश्वको बढ्दो प्रभावबाट दक्षिण एशियालाई सुरक्षित राख्छ समृद्धिमा पुग्न ‘नेपाल र भारतका बीचमा सहकार्यको सैद्धान्तिक आधार तयार गर्नेछ । बिबिआई ऐन बिमस्टेकजस्ता क्षेत्रीय आर्थिक मञ्चहरूमा समेत नेपाल-भारतको साझा पहलका कारण चुस्तता आउनेछ । पानी बिजुलीजस्ता प्राकृतिक श्रोताहरूको अधिकतम उपयोग गर्दै समृद्धिमा पुग्न आवशयक समझदारीको विकास गर्नेछ ।
प्रजातन्त्र, रष्ट्रियता र समावेशी राज्यको ग्यारेन्टी गर्दै साझा हितमा काम गर्न ‘स्वराज्य र मेलमिलाप’ सिद्धान्तले पनि सहयोग पु¥याउनेछ । आ यद वमीयचससा मित्र वयच सुरय : व्यचिष्ठे वहुपाय्ये तेमहि स्वरोज्यो । विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि रहन्छ । संस्कृत र सफ्टपावर संस्कृति, स्वराज्य र समजवादको आधार बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच