गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा दुई दिने जिल्लास्तरीय वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा रेसुङ्गा नगरपालिकाको आतिथ्यतामा आव २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु गरिएको हो ।
रेसुङ्गा नगरपालिकाको सभाहलमा दुई दिनसम्म चल्ने वार्षिक समिक्षा गोष्ठीको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले पछिल्लो केही वर्ष यता नसर्ने रोगको जोखिम बढेको बताउनुभयो । नसर्ने रोगको असर ग्रामीण क्षेत्रतर्फ अझ बढी देखिएको भन्दै उहाँले नसर्ने रोगहरुको नियन्त्रणका लागि स्वास्थ्य संघ–संस्थाहरुले कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
यस जिल्लामा स्वास्थ्यका सूचकहरु राम्रो बन्दै गएको भन्दै जिल्ला समन्वय समिति प्रमुख खत्रीले थप पोषणका नविनतम कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिएको बताउनुभयो । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्वास्थ्य क्षेत्र समुन्नतिको पहिलो आधार भएको भन्दै स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्न सके संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुखतर्फ छिट्टै फड्को मार्न सकिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सरकारले लिएको दिगो विकासको लक्ष्यलाई पूरा गर्ने स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । समिक्षाको माध्यमबाट स्वास्थ्यमा राम्रो भएका कार्यक्रमहरुको निरन्तर तथा देखिएका कमजोरीहरुलाई आगामी वर्षका कार्यक्रमहरुलाई सहजीकरणका लागि सहयोग पुग्ने बताइएको छ । जिल्ला समन्वय समिति उपप्रमुख तेजिन्द्र सलामी, रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले आफ्नो पालिकामा स्वास्थ्यको क्षेत्रमा गरिएका प्रमुख तथा नविनतम कार्य प्रगति प्रस्तुत गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनुभयो । दुई दिनसम्म यस जिल्लामा भएका स्वास्थ्यका क्रियाकलापका विषयमा गहन रुपमा समिक्षा गरिने स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले बतताउनुभयो । समिक्षा कार्यक्रमको सहजीकरण कृष्ण पन्थीले गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच