दुई विश्वसुन्दरीद्वारा एक अर्कासँग विवाह गरेको घोषणा

Read Time = 2 mins

एजेन्सी/पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पोर्टो रिकोले आफूहरुले विवाह गरेको घोषणा गरेका छन् । बुधबार बेलुका मारियाना भारेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाह गरेको सार्वजनिक गर्नुभएको हो । इन्स्टाग्राममार्फत् यसको खुलासा गरिएको हो ।
दुवैले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको खुलासा गर्दै निकै सुन्दर भिडियो शेयर गर्नुभएको छ ।

मारियाना भेरेला र फाबियोला भ्यालेन्टाइनको पहिलोपटक २०२० मा मिस ग्राण्ड इन्टरनेशनलको समयमा भेट भएको थियो । उनीहरूबीच थाइल्याण्डमा भएको २०२० मिस ग्राण्ड इन्टरनेशनल प्रतियोगितामा भेटे भएको थियो, जहाँ उनीहरूले अर्जेन्टिना र पोर्टो रिकोको प्रतिनिधित्व गरेका थिए ।

उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरू त्यसपछि नजिकिएका थिए । त्यसयता दुवै एकअर्काको सम्पर्कमा र डेटिङमा थिए । अक्टोबर २८ मा उनीहरूले विवाह गरेका हुन् । तर, आफूहरूले विवाह गरेको कुरा कुनै विशेष दिन सार्वजनिक गर्ने भनेर बसेको यो जोडीले बुधबार विवाह भएको घोषणा गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?