चौथो हप्तामा ‘महापुरुष’

Read Time = 3 mins

काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातामा प्रवेश गर्दासमेत चलचित्रले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ । दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको चलचित्रको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत् रहेकै कारण मल्टिप्लेक्समा चलचित्रको शो घट्न पाएको छैन ।

जात्रा, शत्रु गते र जात्रै जात्रा जस्ता व्यावसायिकरूपमा सफल चलचित्र दिनुभएका निर्देशक प्रदीप भट्टराईको यो लगातार चौथो सफलता हो । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ तथा नवकलाकार अरुण क्षेत्री र अञ्जना बराइलीको मुख्य भूमिका छ ।

चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षकमार्फत् पिता र एकल पुरुषसँगै एक्लोपनको कथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत् समाजको गम्भीर विषयलाई सरलरूपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रूपमा चलचित्रमा डेब्यु गर्नुभएको छ । चलचित्रको पाश्र्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्मस, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपकप्रताप अधिकारी रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?