नायक राज गोदवारी-३ को वडाध्यक्षमा विजयी

Read Time = 3 mins

काठमाडौं । नेपाली चलचित्र ‘चपली हाइट’मा अभिनय गर्नुभएका अभिनेता राज घिमिरे (सानुराजा घिमिरे) नेकपा माओवादी केन्द्रको तर्फबाट ललितपुरको गोदवारी नगरपालिका-३ को वडाध्यक्षमा विजयी हुनुभएको छ ।

स्थानीय चुनावको आइतबार राति घोषित मतगणनामा अभिनेता घिमिरेले १०५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम आचार्यले १०४९ मत प्राप्त गर्नुभएको थियो । अघिल्लो स्थानीय चुनावमा उम्मेदवार रहेका घिमिरे पराजित हुनुभएको थियो । चुनावअघि सामाजिक सञ्जालमार्फत उहाँले यदि आफूले वडाध्यक्ष जितेमा अध्यक्षतको हैसियतमा पाउने कुनै पनि सुविधा नलिने बताउनु भएको थियो ।

विजयी भएपछि अभिनेता घिमिरेले आफू निर्वाचित वडालाई देशकै उत्कृष्ट वडा बनाउने प्रतिबद्धता जनाउनुभएको छ । । ‘चपली हाइट’ चलचित्रबाट चर्चित अभिनेता घिमिरेले अन्य फिल्म र म्युजिक भिडियोमा अभिनय गर्नुभएको थियो । २०५७ मा उहाँले ‘सारा खुशी’ बोलको गीतबाट अभिनय करिअर थाल्नुभएको थियो । यसका साथै, उहाँ पर्यटन तथा होटल व्यवसायमा सक्रिय हुनुहुन्छ ।

यस्तै गीतकार महेन्द्रदीप राई (महेन्द्र राज राई) सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नं ६ को अध्यक्षमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले ५५१ प्राप्त गर्दै विजयी हुनुभएको हो ।

उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहन राईलाई एक मतले पछि पार्नुभएको थियो । मोहनले ५५० मत प्राप्त गर्नुभयो । विजयी राईका शब्दमा गायक राजेश पायलको स्वरमा ‘याद यति’, गायिका अञ्जु पन्तको स्वरमा ‘सत्य सानु’का अलवा ‘पूर्वेली थिती’ लगायत करिब दर्जन गीत सार्वजनिक छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?