ब्लकब्लस्टर हुँदै शाहरुखको पठानले कमायो ७८० करोड

Read Time = 1 min

मुम्बई । शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ।

यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो।

पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन । एशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले वलिउडमा आशा देखाएको फिल्मकर्मीहले टिप्पणी गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?