‘प्रेमगञ्ज’ को ‘तरबार’ मा बेनिशाको मनमोहक नृत्य

Read Time = 3 mins

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘प्रेमगञ्ज’ आगामी भदौ ३ गते प्रदर्शन हुने तयारीमा छ । यसै चलचित्रमा समावेश पहिलो गीतको रूपमा ‘तरबार’ सार्वजनिक गरिएको छ । मंगलबार दरबारमार्गस्थित एक सिनेमा हलमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरियो । गीतमा अभिनेत्री बेनिशा हमालको मनमोहक नृत्य देख्न सकिन्छ । कार्यक्रममा बेनिशा हमालले गीतलाई लिएर आफू साँच्चि नै उत्साहित रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । म त हप्ता दिनदेखि यो गीतलाई लिएर उत्साहित थिएँ । दर्शकलाई पनि मनपर्छ भन्ने अपेक्षा छ ।’ परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो चलचित्रबाट तेज गिरीले डेब्यू गर्दै हुनुहुन्छ ।

बैंकरसमेत रहनुभएका तेज गिरीले फरक पेशाबाट चलचित्र क्षेत्रमा आउँदा माया र आशीर्वादको खाँचो रहेको बताउनुभयो । चलचित्र चौतारीको पहिलो प्रस्तुति ‘प्रेमगञ्ज’लाई स्पट ब्वाई राजु फुयाँलको सहयोगार्थ निर्माण गरिएको हो । चलचित्रमा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा हुनुहुन्छ ।

वाइल्ड रिपर्ज क्रिउको कोरियोग्राफी रहेको गीतलाई किरण भुसालले संगीत गर्नुभएको छ भने गीतमा शब्द पुरुषोत्तम ढुंगेलको छ । गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर छ । सञ्जय लामाको छायांकन रहेको गीतलाई अर्जुन जिसीले सम्पादन गर्नुभएको हो ।

चलचित्रमा तेज र बेनिशाका अलावा सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई, सञ्जोग रसाइली आदिको अभिनय छ । चलचित्रबाट प्रशन्न श्रेष्ठ, सुप्रिया खनाल र सिमरन खड्काले डेब्यू गर्दै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?