डा. उपाध्यायको ५० देशका भाषाको गीत सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ सार्वजनिक भएको छ । ५० भाषाको गीत समेटिएको गीतको लिरिकल भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्यबमार्फत सार्वजनिक भएको हो ।

यो गीतले गिनिज वल्र्ड रेकर्ड कामय गरेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अंग्र्रेजी, रूसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दू, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इण्डोनेसियन, रूमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ । डा.उपाध्यायको यसअघि १२ भाषामा रहेको गीति एल्बम सार्वजनिक भएको थियो ।

गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा.उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा.उपाध्यायका २५ एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीतसंगीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित १०८ विश्व रकेर्ड कायम गर्नुभएको छ डा.उपाध्यायले ।

डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र ‘भाइरस लभ’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘कसुर’ छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?