मुम्बई । अक्षय कुमार फेरि एक पटक नयाँ फिल्म लिएर आउँदैछन् । ब्याक टू ब्याक दुई पटक फ्लप दिएपछि अक्षय आफ्नो नयाँ फिल्मको तयारीमा जुटेका हुन् ।
यस चलचित्रको नाम ‘रक्षा बन्धन’रहेको छ । यो पारिवारिक ड्रामा फिल्म हो । जसमा अक्षय कुमारको अपोजिट रोलमा पेडनेकर मुख्य भूमिकामा देखिँदै छिन् ।
यस फिल्मको टेलरसमेत सार्वजनिक भएको छ । जुन दर्शकले निक्कै रुचाएका छन् । एक भाइले आफ्ना चार बहिनीको विवाह गर्न गरेको संघर्षलाई फिल्मको मुख्य कथाबस्तु बनाइएको छ ।
रक्षा बन्धन फिल्मलाई आनन्द एल राईले निर्देशन गरेका हुन् ।
अक्षयकुमारको फिल्मको फोटो सार्वजनिक भएसँगै अहिले फोटोमा देखिएका चार कलाकारलाई लिएर निक्कै चर्चा हुन थालेको छ । आज हामी यिनै चार पात्रको बिषयमा कुरा गर्दैछौं ।
सादिया खतीब
‘रक्षा बन्धन’मा सादिया खातिब अक्षयको बहिनी बनेकी छिन् । सादिया एक एक्ट्रेस हो । जसले विधु विनोद चोपडाको फिल्म शिकाराबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।
सादिया अहिले उक्त फिलिममा देखिँदै छिन् । सादियाको इन्स्टाग्राम प्रोफाइल हेर्दा उनी घुम्न मन पराउने गर्छिन् भन्ने स्पष्ट हुन्छ । उनको इन्स्टाग्राममा १८.४ हजार फलोअर्स छन् ।
शाहजामीन कौर
चलचित्र रक्षा बन्धनमा अभिनेत्री शाहजमिन कौर पनि अक्षय कुमारकी बहिनीको भूमिकामा देखिनेछिन् । खबरका अनुसार शाहजमिनले अक्षयको फिल्म रक्षा बन्धनबाट बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।
इन्स्टाग्राममा शाहजामिन कौरका करिब १५०० फलोअर्स छन् । नायिकाको प्रोफाइल हेर्दा उनी नाच्न, गाउन र अभिनयमा निकै रुची राख्छिन् भन्ने प्रष्ट हुन्छ र अब उनले अक्षय कुमारको फिल्मबाट आफ्नो अभिनय करियर सुरु गर्न लागेकी हुन् ।
दीपिका खन्ना
दीपिका खन्ना फिल्म रक्षा बन्धनबाट फ्यानको मनमा आफ्नो ठाउँ बनाउन लागि परेकी छिन् । रक्षा बन्धनमा दीपिका खन्ना पनि अक्षय कुमारकी बहिनी बनेकी छिन् ।
दीपिका मुम्बईकी बासिन्दा हुन् । रक्षा बन्धन अघि दीपिकाले धेरै टिभी शोमा काम गरिसकेकी छिन् ।
रिपोर्टका अनुसार दीपिका सधैं अभिनेत्री बन्न चाहन्थिन् र उनले आफ्नो कडा मेहनतका आधारमा आफ्नो सपना पूरा गरेकी छिन् । अब हेरौं दीपिका खन्नाले रक्षा बन्धनमा के के गजब देखाउँछिन् ।
स्मृति श्रीकांत
फिल्म रक्षा बन्धनमा अक्षय कुमारकी बहिनीको भूमिकामा देखिएकी अभिनेत्री स्मृति श्रीकान्त फिटनेस फ्रीक छिन् । स्मृति सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा स्मृतिका ११.६ हजार फलोअर्स छन् ।
आफ्नो स्टाइल स्टेटमेन्टका साथसाथै स्मृति आफ्नो फिटनेसलाई लिएर पनि निकै भावुक छिन् भन्ने कुरा उनको इन्स्टा पोष्टबाट अनुमान लगाउन सकिन्छ ।
स्मृति श्रीकान्त एक अभिनेत्री हुनुका साथै मोडल पनि हुन् । उनी फिल्म रक्षा बन्धनमा अक्षय कुमारकी बहिनी बनेकी छिन् । उनले अभिनयमा भने कस्तो अदभुत प्रदर्शन गर्छिन् भन्ने पाटो फिल्म रिलिज पछि थाहा हुनेछ ।
अक्षय कुमारको फिल्म रक्षा बन्धन अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । अब बच्चन पाण्डे र सम्राट पृथ्वीराज जस्ता दुई फ्लप ब्याक टू ब्याक दिएपछि अक्षयको फिल्मले बक्स अफिसमा चमत्कार गर्न सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ ।
यस्तो छ टेलर –
https://www.youtube.com/watch?v=ye3faphq3MU
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच