‘डन ३’ मा शाहरुख र अमिताभसँगै देखिने

Read Time = 2 mins

मुम्बई । बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन् ।

फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन् ।

‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने भन्ने विषयमा अन्योलमा थियो । तर, अहिले उसले एउटा गज्जबको कथा फेला पारेको छ । त्यसकारण फिल्मका लागि तयारी पनि त्यसै अनुसार सुरु भइसकेको छ’, फिल्म निकट स्रोतले भनेको छ ।

अहिले फरहानले स्क्रिप्ट लेखिरहेकाले स्क्रिप्ट लक हुनासाथ उनले यो कथा शाहरुखलाई सुनाउनेछन् । यसपटक फिल्ममा निर्माताले रणवीर सिंहलाई पनि समेट्ने योजना बनाएका छन् ।

चन्द्रा बरोटद्वारा निर्देशित एक्सन-थ्रीलर फिल्म ‘डन’ सन् १९७८ मा रिलिज भएको थियो । यो फिल्ममा अमिताभका अलावा जीनत अमान, प्राण र इफ्तेखारले प्रमुख भूमिका निभाएका थिए ।

यो फिल्मको कथा मस्ट वान्टेड डनको वरपर घुमेको थियो । जसमा अमिताभले डनको भूमिका निभाएका थिए । उनको दोहोरो भूमिका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?