‘द नेशनल डिजाइनर रनवे’ हुने

Read Time = 2 mins

काठमाडौं । मोडल सङ्स नेपालको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ हुनेभएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोजक मोडल सङ्स नेपालले ‘द नेशनल डिजाइनर रनवे’को आवेदन फारम खुला भएको जानकार दिएको हो ।

आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताउनुभयो । ‘आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाइनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्न फेसन डिजाइनिङसम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थीहरू तथा फेसन डिजाइनिङ तथा बुटिक सम्बद्ध इच्छुक प्रतिस्पर्धीले आवेदन दिनसक्नेछन्’, उहाँले भन्नुभएको छ ।

राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शीर्ष उपाधिसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार ‘द नेशनल डिजाइनर रनवे’को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीले आफूले तयार गरेका फेशन डिजाईन थाइल्याण्डमा हुने ‘ग्लोवल फेशन रनवे’को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?