‘झिँगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ गीतको चर्चा

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘झिँगेदाउ’ आगामी भदौ १७ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसै चलचित्रमा समावेश ‘आगो बिना बिँडी जल्दैन’ गीत अहिले चर्चाको शिखरमा छ । सामाजिक सञ्जालमा यही गीत अहिले गुञ्जिरहेको छ ।

टिकटकमा पनि यो गीत सर्वाधिक हिट छ । टिकटकमा शनिबारै ६० हजार बढी भिडियो बनेको निर्माण युनिटले जनाएको छ । केही दिनअगाडि राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतमा शान्तिश्री परियार र प्रवीन बेडवालले स्वर दिनुभएको छ । ‘संगीत निकै राम्रो भएकाले गीतले टिकटकमा राम्रो प्रथामिकता पाएको हो’, चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले भन्नुभयो, ‘गीतको प्रतिक्रिया समेत राम्रो आइरहेको छ । यो सकारात्मक प्रतिक्रिया फिल्म सफल हुने संकेत हो ।’ गीतले युट्युबमा ७ लाख बढी भ्युज पाएको छ ।

‘झिँगेदाउ’मार्फत पुराना निर्देशक ज्ञानेन्द्र देउजाले सात वर्षपछि निर्देशनमा कमव्याक गर्नुभएको हो । चलचित्रमा केकी अधिकारी, मुकुन भुसाल, आँचल शर्मा र कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराललगायत कलाकारको अभिनय छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको चलचित्र भीमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित रहेर निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजले लेख्नुभएको हो । विष्णु घिमिरेको छायांकन, मित्र डी.गुरुङको सम्पादन रहेको चलचित्रका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?