प्रवासी नेपाली मञ्च इजरायलमा नयाँ नेतृत्व

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो राष्ट्रिय अधिवेशन शुक्रबार सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष तीर्थ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराई, पूर्वमन्त्री तथा युवा इन्चार्ज महेश बस्नेत, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ र सचिव रमेश पाण्डे, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार प्रमुख सञ्जय थापालगायतको सहभागिता थियो । सम्पन्न अधिवेशनले ज्योति शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

उपाध्यक्षमा गीता सुवेदी, सचिवमा मिना चुँडाल, उपसचिवमा पायल कटुवाल र शिवराज खड्का, आर्थिक विभाग प्रमुखमा पार्वती केसी, महिला विभाग प्रमुख ठूली चन्द्राकला कोइ राई, युवा संयोजकमा धीरेन्द्रकुमार (समिर) प्रधान, सांस्कृतिक विभाग प्रमुखमा नवराज वली, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा रमेश जोशी चयन हुनुभएको छ ।

सदस्यमा अना तिमल्सिना, नरेन्द्र लामिछाने, जानु जिसी, गोविन्द राजथला, रश्मी राई, इन्दिरा केसी, गोमा उप्रेती, सीता कोइराला, इबा कार्की, कविता श्रेष्ठ, जानुका चापागाई, पवित्रा भण्डारी रहेको नवनिर्वाचित उपसचिव शिवराज खड्काले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?