कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार बल्लभलाई

Read Time = 2 mins

काठमाडौं । लोकप्रिय सांगीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट स्थापना भएको कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार यस वर्ष वरिष्ठ गीतकार विश्व बल्लभलाई प्रदान गरिने भएको छ । उहाँलाई यही साउन १८ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने विशेष कार्यक्रममा उक्त पुरस्कार/सम्मान समर्पण गरिने भएको हो ।

‘तिमी बादल’, ‘मेरो माया तिम्रो’, ‘सपनीमा रुवाउँछौ’, ‘गोर्खाली’, ‘धेरै दिन भो’ लगायत थुप्रै गीतका गीतकार विश्व बल्लभले नेपाली सुगम संगीतको विकासमा अनवरतरूपमा योगदान पुर्‍याउँदै आउनुभएको छ । उहाँलाई ५१ हजार राशि नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्न लागिएको कार्यक्रमका संयोजक कीर्तिमानी संगीकार सन्तोष श्रेष्ठले जानकारी गराउनुभयो ।

कन्हैया सिंह परियार नेपाली गीतसंगतको क्षेत्रमा झण्डै तीन दशकदेखि सक्रिय संगीतकार एवं गायकका रूपमा परिचित हुनुहुन्छ भने अञ्जना गुरुङ पाश्र्व गायन तथा नेपाली गीति गायनको क्षेत्रमा लोकप्रिय हुनुहुन्छ ।

नेपाली सांगीतिक आकाशमा आदर्श जोडीको छवि बनाएको यस जोडीले गत वर्षदेखि नेपाली गीतसंगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका एकजना संगीतकर्मीलाई नगद राशिसहित सम्मान सुरु गरेको हो ।

गत वर्ष कन्हैया सिंह राष्ट्रिय संगीत पुरस्कारको नामबाट आयोजित यस पुरस्कारको नामलाई संशोधन गर्दै यस वर्षबाट कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार बनाइएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष वरिष्ठ लोकगायिका चन्द्रकला शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?