‘हाम्रो कानुनी इतिहासको नालेबेली’ लोकार्पण

Read Time = 3 mins

काठमाडौं । नेपालको कानुनी इतिहासलाई समेटेर लेखिएको पुस्तक ‘हाम्रो कानुनी इतिहासको नालेबेली’ लोकार्पण भएको छ । नेपालको किरातकालदेखि २०७८ सालसम्मको कानुनी इतिहासलाई समेटेर सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीद्वारा लेखिएको उक्त पुस्तक शनिबार राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।

पूर्वन्यायाधीश वस्तीद्वारा लिखित उक्त पुस्तकमा किरातकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकालदेखि हालसम्मको न्यायिक व्यवस्थालाई विस्तृतमा प्रकाश पारिएको छ । त्यसैगरी नेपालको संवैधानिक इतिहास निर्माणको सन्दर्भलाई पनि पुस्तकमा समावेश गरिएको छ । नेपालको कानुनी इतिहास सम्बन्धी विभिन्न मिथकहरू बारे पनि पुस्तकमा चर्चा परिचर्चा गरिएको छ । नेपालको कानुनी इतिहासमा लामो समय अध्ययन अनुसन्धान गर्दै आउनुभएका पूर्वन्यायाधीश वस्तीले यस पुस्तकमा कानुनी इतिहासका बारेमा प्रकाशमा नआएका अनेकन् प्रसंगको रोचक तरिकाले व्याख्या गर्नुभएको छ ।

थोरै मात्रामा लेखिएका नेपालको कानुनी इतिहास सम्बन्धी पुस्तकहरूमा वस्तीको यो पुस्तकले साँच्चिकै कानुनी इतिहासलाई अभिलेखीकरण गर्न मद्दत पुर्‍याएको पूर्वन्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । लोकार्पण कार्यक्रमको अध्यक्षता गर्नुभएका श्रेष्ठले यो पुस्तक लेखिँदा लेखक वस्तीले गरेको मिहिनेत, खोज र अनुसन्धान प्रशंसनीयसमेत रहेको उल्लेख गर्नुभयो । यो पुस्तक प्रत्येक पाठकका लागि संग्रहित गरेर राख्नुपर्ने दस्तावेज भएको उहाँको भनाइ थियो ।

नेपाल बार एसोसिएसनको सभाहलमा अयोजित उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा पूर्वन्यायाधीशदेखि बहालवाला न्यायाधीशहरूको उपस्थिति थियो । तस्वीर : नरेश श्रेष्ठ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?