पुस्तक लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भरतकुमार श्रेष्ठ ‘विवश’द्वारा लिखित कथा कृति ‘अपहरण’ एक समारोहबीच लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहबीच वरिष्ठ साहित्यकार तथा आख्यान पुरुष ध्रुवचन्द्र गौतम तथा अन्य अतिथिहरूबाट उक्त पुस्तक लोकार्पण गरिएको हो ।

शुक्ला साहित्य संगम तनहुँ प्रकाशक रहेको उक्त पुस्तक लोकार्पण समारोहको प्रयोजक राङरुङ नेवा समाज काठमाडौं रहेको थियो । प्रमुख अतिथि ध्रुवचन्द्र गौतम रहनुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा प्राडा. सुरेन्द्र केसी, प्राडा. रामप्रसाद ज्ञवालीलगायत व्यक्तिहरू रहनुभएको थियो ।

लोकार्पित पुस्तकबारे प्राडा.ज्ञवाली तथा डा.ज्ञानु अधिकारीले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य डा.लेखप्रसाद निरौलाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गौतम, प्राडा. सुरेन्द्र केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व दायित्व वाङ्मय प्रतिष्ठानका सभापति रामप्रसाद पन्तले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?