आज २८४ फोहोरका गाडी बन्चरेडाँडा पुगे

Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर लिएर आज २८४ फोहोरका गाडी बन्चरेडाँडा पुगेका छन् ।

सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसमा स्टाटस लेख्दै आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेको र यहि कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने बताउनु भएको छ ।

उहाँले महानगरसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेको बताउँदै ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिने बताउनु भएको छ ।

उहाँले लेख्नुभएको छ–

सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन् । यहि कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ ।
हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ । हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ ।
हामीलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थाले हाम्रो सचिवालय सदस्य सुनिल लम्साल ९८५११०१०६० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?